गठबन्धनका शीर्ष नेताहरूले चुनाव हार्नु हुँदैन गृहमन्त्री खाँण

[sharethis-inline-buttons]

भैरहवा —
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्रीरप्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकास गर्नका निम्ती बनेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा गठबन्धनका तर्फबाट रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका खाँणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताए । पाँच दलीय गठबन्धनसित जनताले ठूलो आशा र भरोसा राखेको उनको भनाइ थियो ।

नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु परेको छ,’ उनले भने, ‘यसैका लागि पाँच दलीय गठबन्धन गर्नु परेको हो । मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ गठबन्धनलाई निर्वाचनपछिसम्म पनि निरन्तरता दिइने उनले जनाए ।

माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा अघि बढाइ राजतन्त्रलाई हटाउन तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए ।


प्रकाशित : २०७९ कार्तिक १९, शनिबार १५:३३