देवदहमा दम्पती मृत फेला, प्रहरी द्धारा अनुसन्धान सुरु

[sharethis-inline-buttons]

बुटवल, २१ कात्तिक ।

रूपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेको बिषयमा छन् प्रहरलिे अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान भैरहेको छ ।

देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान दम्पत्तिकोे शव भेटिएको हो । घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अनुसन्धानको काम अगाडि बढाइएको र छिटै सत्यतथ्य पत्ता लाग्ने बताए । वैदेशिक रोजगारीमा गएका बोलिन्द्र केही समय पहिले मात्रै घर फर्किएका हुन् । घरायसी झगडाका कारण उनले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीको छ ।

घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार १५:११