
तिलोत्तमा कार्तिक २६
ने क पा एमालेका पोलीटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नं १ ख का उम्मेद्धार दधिराम न्यौपानेले बिकाशको अबको यात्रा दुर्गम क्षेत्र बाट सुरु गर्ने बताउनु भएको छ ।
रुपन्देहीको तिलोत्तमा १७ तथा १० को घरदैलो कार्यक्रममा आम जनताका गुनासो सुन्दै रुपन्देही क्षेत्र नं १ ख का उम्मेद्धार न्यैपानेले आफुले अब पछी परेको क्षेत्र बाट बिकाशका काम सुरु गर्ने बताउनु भएको हो । उहांले अहिले पनी सम्पन्न पालीकामा पनि दुर्गम गाउँ बस्ती रहेकोले आफ्नो अबको पहिलो काम दुर्गम गाउँ बस्तीको पहिचान गर्दै बिकाशको थालनी गरिने दाबि गर्नु भयो ।
घरदैलो कार्यक्रममा एमाले नेता सुग्रीम यादव ,कलम चौधरी र लोकनाथ पान्डेले बर्तमान सत्तागठबन्धनले जनतालाई झुक्काई रहेकाले त्यसबाट आम मतदाता सचेत हुनु पर्ने बताउनु भयो ।
सो अवशरमा रुपन्देही तिलोत्तमा १७ तथा १० का आम मतदाताले हिजो एमाले सरकार सुरु गरेका योजना सम्पन्न गर्न , असाहय , वृद्धहरुको सहाराको लागी सुर्य चिन्नमा नै मतदान गर्ने बिस्वास दिलाएका छन ।

