ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

Lumbini Darpan 3 २०७९ कार्तिक २७, आईतवार १७:३६
[sharethis-inline-buttons]

निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन् ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् ।

 

त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

 

“उम्मेदवारहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा। सागरराज भण्डारीले भने, “अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तितस्वरुपको जोखिम बढ्न सक्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले सभासम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिएकाछन् । चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन् ।

कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले जानकारी दिए । उनले सभासम्मेलन र भेलामा सहभागिले खानपानमा समेत विशेष सजग हुनपर्ने बताउँछन् ।

उनले भने, “जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभावी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ ।”

रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ । साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।

उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरुको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्तहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले भण्डारीको राय छ ।

यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरु लागिपरेको बताउँछन् । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ । सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ ।”
रासस


प्रकाशित : २०७९ कार्तिक २७, आईतवार १७:३६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech