स्थानिहरूकाे सहभागितामा रूपनदेही क्षेत्र नं. ५ काे विकास गरिने रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले बताउनु भएकाे छ ।
सैनामैनामा आयाेजित चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले भन्नू भयाे -`नेकपा एमालेकाे स्पष्ट भिजन छ, हामी काम गर्न उत्साहित छाै, मुलुककाे समृद्धि र विकासलागि हामी प्रतिबद्ध छाैं । यस क्षेत्रमा रहेकाे विभिन्न समस्यहरू बुझेर हामीले नागरिकका चहना बमाेजिम विकासका कार्य गरिने उहाँकाे भनाई छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्याकाे विकास,बाटाे तथा पूल निर्माण, फाेहाेरमैला व्यवस्थापन लगाएतका काम स्थानियहरूकै सहभागितामा गरिने उहाँले बताउनु भयाे । स्थानिय,प्रदेश र संघिय सरकारकाे सहकार्यमा यहाँकाे समस्या समाधान गरिने समेत उहाँकाे भनाई छ । `मुलुककाे समृद्धि र विकासका लागि हामीले काम गर्छाैं´- उहाँले भन्नू भयाे ।
आफू विजयी भएपछि अव्यवस्थित बसाेबासी, सुकुम्बासी, भूमिहीन समस्या समाधन गर्नु आफ्नाे पहिलाे प्राथमिकता रहने प्रतिबद्धता समेत उहाँले जनाउनु भयाे । यस्तै गठबन्धनकाे सरकारका कारण उद्योग, व्यवसाय टाट पल्टने अवस्थमा आएकाे उहाँले आराेप लगाउनु भयाे । उहाँले भन्नुभयाे – ` अहिले हेर्नुस् महंगी बढेकाे छ, बैंकमा ऋण पाईदैन, जनता मारमा छन् त्यसैले मुलुककाे आर्थिक रूपान्तरण र मुलुककाे समृद्धिका लागि नेकपा एमालेलाई मत दिनुस् ।´ रूपन्देही क्षेत्र नं. ५ लाई नमुना क्षेत्र बनाउने गरि याेजनाबद्ध तरिकाले काम गर्ने उहाँले बताउनु भयाे ।