
देवदह
कार्तिक २८
प्रकाश गौतम
नेकपा एमालेका सचिव छबिलाल बिस्वकर्माले आफ्नो जित सगै सुकुम्बासी समस्या समाधान आफ््नो पहिलो प्राथमिकता हुने दाबि गर्नु भएको छ ।
एमाले,रा.प्र.पा र ज.स.पा का रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिस्वकर्माले एमाले सरकारमा हुदा सुकुम्बासी आयोगले धेरैकाम गरेको भएपनी बर्तमान सरकारले काम अघि बढाउन नसकेको भन्दै च’नाव पछी सुकुम्बासी समस्या समाधान हुने दाबि गर्नु भयो ।
उहाले आफु ससंद हुदा रुपन्देही १ मा धेरै काम अगाडि बढेको भन्दै जनताका हरेक काममा एमाले ,रा.प्र.पा र ज.स.पा सरकार बने पछी थप बिकाशको अनुभती हुने बताउनु भयो । देवदह ५ को घरदैलो कार्यक्रममा एमाले,रा.प्र.पा र
ज.स.पा का प्रदेश उम्मेद्धार आशिस चौधरीले राजनितिमा आफु नयां भयपनी जनताको आदेश अनुसार काम गर्ने स्पस्ट पार्नु भयो ।
उहाले आफु निबार्चित भए सगैं रुपन्देही क्षेत्र न १ क को बिकाशका लागी जनता सगं सल्लाह गरेरै अगाडि बढने बताउनु भएको थियो ।
घरदैलो कार्यक्रममा स्थानीयले आफुहरुलाई भोट दिने तर त्यसका लागी जनता सगं सहकार्य गर्नु पर्ने बताएको दुबै उम्मेद्धार हरुले बताएका छन ।

