दोलखाका विवादित ठाउँमा फेरि चुनाव हुने , तामाकोशीको अमर मावि मतदान केन्द्र ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

११ मंसिर, काठमाडौं ।

दोलखाका विवादिभ मतदानस्थलमा फेरि चुनाव हुने भएको छ ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए ।

त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ ।

सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए ।


प्रकाशित : २०७९ मंसिर ११, आईतवार १९:०३