
प्रकाश गौतम
बुटवल
राष्ट्यि मानव अधिकार प्रतिस्ठान रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन आज बुटवलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जितेन्द्र प्र बन्जाडेको अध्यक्षता तथा उपाध्यक्ष हेम ब थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न अधिबेशनले उमाकान्ती खत्री ( अर्चना)को अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा डा. डि.भि खत्री , द्धितिय उपाध्यक्षमा भाइगमान महर्जन ,तृतिय उपाध्यक्षमा कृष्णा आर्चाय , सचिवमा लुकराज न्यौपाने , सहसचिवमा साबित्रा न्यौपाने , कोषाध्यक्षमा एकादेव बस्याल रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा भेषराज ओस्ती , धुर्ब खड्का लगाएत रहनु भएको छ । त्यसैगरि सल्लाहकारमा हेम बहादुर थापा , प्रकाश पौडेल ,कमल नेपाल र तोयनारायण अर्याल रहनु भएको छ ।
कार्यक्रमका सन्चालन संस्थाका सचिव कमल नेपालले गर्नु भएको थियो ।

