रुपन्देहीको तिलोत्तमा १० को कार्यालयको आज उद्घाटन

[sharethis-inline-buttons]

प्रकाश गौतम
तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा १० को कार्यालयको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि नगरका प्रमुख रामकृष्ण खांण र तिलोत्तमा नगरकी उप प्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्नु भएको हो ।
सो कार्यक्रमको अबशरमा नगर प्रमुख खाणले नगरको समग्र बिकाशको लागी काम गर्ने दाबि गर्नु भयो । उहाँले नगरका पछी परेका क्षेत्रको बिकाशको लागी आफुले काम गर्ने र नगरका मुख्य योजना अगाडी बढेको बताउनु भयो ।


नगर उपप्रमुख जागेश्वरी चौधरीले हिजोका दिनमा पनी राजनैतीक सहमतीका साथ काम गरेको बताउनु भयो । उहांले वडा १० को कार्यालयको बिषयमा कुनै आग्रह नराखीएको भन्दै प्राथमीकताको आधारमा बिकाशका काम अगाडी बढने बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले तिलोत्तमा सबै वडा अब ब्यबस्थीत भैसकेको हुदा सेवा प्रवाह प्रभावकारी बनाइने दाबि गर्नु भयो । उहाँले सबै वडा कार्यालय लाई चुस्त दुरुस्त बनाइने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा १७ का अध्यक्ष दान ब चौधरी ,१६ मौजा सिचाई प्रणालीका सभापती कृष्ण पौडेल , तिलोत्तमा १० का निबर्तमान अध्यक्ष ब्यासमुन चौधरी , लगायतले वडामा भएका गतिबिधिका बिषयमा बोल्नु भएको थियो ।
कार्यक्रम वडा सदस्य बालकृष्ण लम्सालको स्वागत तथा वडा न १० का सचिव कृष्ण खातीको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ मंसिर २१, बुधबार १८:०१