
प्रकाश गौतम
पुस १४
तिलोत्तमा नगरपालीका वडा न ११ ले जेष्ठ नागरिकलाई न्यानो कपडाले सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि वडाले ८३ बर्ष माथिका वडा भित्रका नागरिकलाई सम्मान गरेको हो । सो कार्यक्रममा बोल्दै तिलोत्तमा ११ का वडा अध्यक्षले बृद्ध तथा वडाका सम्मानित नागरिकलाई चिसो मौसममा चिसो बाट बच्नका लागी एक एक थान ब्यालेङकेट प्रदान गरेको बताउनु भयो । वडामा रहेका टोल बिकाश संस्थाको उपस्थितिमा ब्यालेङकेट प्रदान गरिएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिका नगरकार्यपालीका सदस्य राधा शाही , लक्ष्मी गजमेर , सुनिल्का खवास , गणेश नगर टोल बिकाश सस्थाका अध्यक्ष टेक शिह थापा , मद्रहानी गाइघाट टोल बिकाश सस्थाका अध्यक्ष ज्ञान प्र नेपालले तिलोत्तमा नगरमै वडाले नमुना गोग्य काम गरेको बताउनु भयो ।
वडा सदस्य उमेश बस्यालको स्वागत तथा वडा सचिव गंगा खनालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।