नेपाल स्वयमसेबी रक्तदाता समाज तिलोत्तमाको रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम
पुस २३
नेपाल स्वयमसेबी रक्तदाता समाज तिलोत्तमा शाखाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाले २१ औ नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै तिलोत्तमा ११ का अध्यक्ष बिष्णु बरालले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । उहाले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहनु पर्नेे भन्दै यो सामाजिक कार्यका लागी धन्यबाद दिनु भयो ।
नेपाल स्वयमसेबी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोबिन्द भुषालको अध्यक्षतामा तथा कार्यक्रम संयोजक गंगाराम अधिकारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा रक्तदान भएको थियो ।


प्रकाशित : २०७९ पुष २३, शनिबार १९:००