बुटवलका शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल,४ जेठ ।

हज समितिका अध्यक्ष बुटवल निवासी शमशेर मियाँ पक्राउ परेका छन् । मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । मिया माओवादी केन्द्र निकट हुन् ।

उनको टोपबहादुर रायमाझी र बालकृष्ण खांणसंग राम्रो सम्बन्ध रहेको थियो । अघिल्लो स्थानीय तह चुनावमा बुटवलमा माओवादी केन्द्रबाट वडाअध्यक्षमा उम्मेदवार भएपनि पराजित भएका थिए ।


प्रकाशित : २०८० जेष्ठ ४, बिहीबार १८:३२