बुटवल । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य विमला घिमिरेले एमाले लुम्विनी प्रदेशको पहिलो अधिबेशनले कार्यकर्ताको भावना अनुसार सर्बसहमत नेतृत्व छनौट गर्ने वताउनु भएको छ । उहाँले लुम्विनीका सबै केन्द्रिय सदस्यको भेलावाट सर्बसहमत नेतृत्व छनौट गर्नु पर्ने माग भए वमोजिम शिर्ष नेतासँगको छलफलवाट लुम्विनीका लागि सक्षम नेतृत्व सर्बसहमत रुपमा चयन हुने वताउनु भएको छ । नेता घिमिरेले एमालेका प्रतिनिधी २ खेमामा वाढिएर मतदान गर्ने पक्षमा नभएको पाइएकाले सर्बसहमत रुपमा नेतृत्व छनौट गर्नु वाध्यात्मक भएको प्रष्टाउनु भयो । जनताको वहुदलिय जनवादले सकभर सर्ब सहमत त्यो संभव नै नभएमा स्वच्छ प्रतिस्पर्धावाट नेतृत्व छनौट गर्ने निति अख्तियार गरेको स्पष्ट पार्दै सर्बसहमतकालागि केन्द्रिय नेताहरु एक भएको उहाँले वताउनु भयो ।
यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको सो पार्टीले जनाएको छ । अधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जनाएको हो । यही भाद्र १६ गते देखि शुरु हुने दुई दिने प्रदेश अधिवेशनमा १००४ प्रतिनिधिहरु सहभागी रहने पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । बि.सं.२०८० साललाई नेकपा एमालेले आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको भन्दै उनले नेकपा एमालेको आफ्नो पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण हुँने बताए ।