ताजा अपडेट

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

Lumbini Darpan 1 २०८३ आश्विन १, बिहीबार १६:५४
[sharethis-inline-buttons]

तौलिहवा । नेकपा (एमाले) कपिलवस्तुले भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने, पार्टी सदस्यता नवीकरणलाई प्रभावकारी बनाउने तथा संविधान दिवसलाई विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ।
तौलिहवामा सम्पन्न पार्टी जिल्ला सचिवालयको १३औँ बैठकले संगठन सुदृढीकरणसँगै पछिल्लो समय सञ्चालन गरिएको पार्टी जागरण अभियानको समीक्षा गर्दै विभिन्न निर्णय गरेको हो।

बैठकले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न तथा उनीहरूलाई जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छ्न ।

बैठकले भोटेकोशी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई पार्टीका तर्फबाट सहयोग गर्ने निर्णय गरेको छ। विपत्तिमा परेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सामाजिक दायित्व भएको भन्दै आवश्यक पहल अघि बढाउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ।

एमाले कपिलवस्तुले पार्टी सदस्यता नवीकरणलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ। संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा बैठकमा छलफल भएको थियो।
त्यस्तै, असोज ३ गते मनाइने संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरिएको छ। संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै संविधानको महत्व, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने एमालेले जनाएको छ।
बैठकमा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, पूर्व पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोखरेल तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य डम्बर शर्मालगायतले धारणा राखेका थिए ।

जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तव्य तथा जिल्ला सचिव सिवी गहतराजको सञ्चालनमा बैठक सम्पन्न भएको थियो। बैठकमा प्रदेश कमिटी सदस्यहरू खुमप्रसाद आचार्य, बाबुराम आचार्य र गोपाल थापा लगायतको उपस्थिति रहेको एमाले कपिलवस्तुले जनाएको छ।


प्रकाशित : २०८३ आश्विन १, बिहीबार १६:५४

Lumbini Darpan 1

लेखकबाट थप

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी
  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै
  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक
  • बितेका दिन, बाँचेका अनुभूति
  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता
प्रतिक्रिया

यो पनि पढौँ

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भर्खरै

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech