बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समितिद्धारा शुद्धोधन गाउँपालिकामा ज्ञापनपत्र

[sharethis-inline-buttons]

नगेन्द्र केसी
शुद्धोधन

बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समितिले शुद्धोधन गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
रुपन्देहीका बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समिति रूपन्देही, जिल्ला, लुम्बिनी प्रदेशले शुद्धोधन गाउँपालिकामा रहेका बैंक तथा वित्तिय संस्था पिडीतहरुले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले नेपाल राष्ट्र बैंक शाखा कार्यालय, रूपन्देही।नेपाल कृषि विकास बैक, शाखा कार्यालय, रूपन्देही।नेपाल बाणिज्य बैक, शाखा कार्यालय, रूपन्देही।नेपाल बैंक लिमिटेड, शाखा कार्यालय, रूपन्देही।सम्पूर्ण गाउँपालिका र वडा कार्यालयहरू सबै सम्पूर्ण नगरपालिका र उप महानगरपालिकाका वडा हरू सबै,जिल्ला प्रहरी कार्यालय, रूपन्देही ईलाका प्रसासन कार्यालयहरू सबै,विकाश बैंकहरू रूपन्देहीका सबै,लघुवित्तहरू तथा वित्तिय संस्थाहरू रूपन्देहका सबै,जिल्ला विकास समितिको कार्यालय रुपन्देही सबै कार्यालयमा ज्ञापनपत्र बुझाइएका हुन ।

बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समिति रूपन्देहीका अध्यक्ष दुर्गा पोख्रेलको अध्यक्षतामा सो ज्ञापनपत्र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याललाई १६ बुदे ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा उललेख भएका बिषयहरु

१ ) बैंक तथा वित्तिय संस्थाहरूको व्याज दर एकै प्रकारको हुनुपर्ने।
२।व्याज ऋणी संग पहिला जे सम्झौता गरिएको थियो सोही अनुरूप हुनुपर्ने।
३।बैंक व्याज दर एकल अंकको हुनु पर्ने।
४।बैंकहरूले आफू खुसी प्यानलटी लगाउन नपाइने।
५।बैंक तथा वित्तिय संस्थाको ३ महीना सम्म साँवा किस्ता नचलेको भनि बारम्बार पत्र पठाउने फोन गर्ने,अनावश्यक तनाव दिने काम बन्द गर्नुपर्ने।
६। आफ्ना ग्राहकको पत्रिकामा नाम निकाली ब्याइजेत गर्न नपाईने।
७।बैंकहरूले आफुखुसी १००५ सम्म व्याज वृद्धि गरेको हुदा यो कार्य तत्काल रोक्नु पर्ने।
८।ग्राहकहरूको धितो आफु खुसी मुल्याङ्गन घटाइएको पाईएको हुँदा यस्तो कार्य बन्द हुनु पर्ने।
९।बैंक तथा वित्तिय संस्थाको अनियमीत, गैर जिम्मेवारी पन तथा मनमर्जी गरेको पाइएको हुदा तत्काल बन्द गर्नुपर्ने।
१० बैंक तथा वित्तिय संस्था लाई नेपाल सरकारले नियमन अनुगमन गरि ठगी गर्ने बैंकहरूलाई तत्काल कार्वाही गर्नुपर्ने।
११। बैंक तथा वित्तिय संस्थाहरूलाई नेपाल सरकार ले ठोस निति निर्माण गरी एउटै माप दण्डमा ल्याउनु पर्ने ।
१२। ग्राहक र बैंक संग पुर्नसम्बन्ध कायम गर्न परिस्थिती, समय क्षमता र आमदानी हेरी पुनः समय तोकी ऋण तिर्ने बातावरण मिलाई थप म्यादको व्यवस्था हुनुपर्ने ।
१३। एउटै उद्देश्य र एउटै व्यक्तिलाई फरक फरक लोनको कजा प्रवाह गरि ३ किसिम बाट पैसा असुल्ने गरि ऋणीलाई तनाब दिने हुदा यस्तो कार्य बन्द गर्नुपर्ने।
१४। ऋणीहरूलाई बल्याक लिस्टमा हालदिन्छु, खाता बन्द गराईदिन्छु भनी धम्क्याउने कार्य बन्द गर्नु पर्ने।
१५। ऋण लाई पठाएको पत्रको प्रत्येक पटकको खर्च जोडी थप ऋण जोड्ने काम बन्द गर्नुपर्ने।
१६। जनप्रतिनिधि स्थानीय प्रहरीका प्रतिनिधि बसी जग्गा लिलाम गराउन सहयोग पुयाउने कार्य गरेको हुदा यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने ।


प्रकाशित : २०८० आश्विन ८, सोमबार १६:३५