बाणगंगा ७ मा राख्ने बाणगंगा सौर्य पि.भी आयोजना रद्ध गर्न माग

[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तुको बाणगंगा ७ खारखानीमा सोलार प्लान्ट राख्ने तयारी नगर्न सम्बन्धित निकायलाई स्थानीयले चेतावनी दिएका छन् ।

स्थानीय समाजसेवी नेत्र गिरीको संयोजकत्वमा तयार भएको संयुक्त मोर्चा लगाएत स्थानीयहरुले खारखानीमा बाणगंगा सौर्य .पि. भि आयोजना राख्न आगामी लगानी सम्मेलनमा पास गर्न तयारी गरेको भन्दै त्यस क्षेत्रको वातावरणीय सामाजिक र मनोबैज्ञानीक सांस्कृतिक असर रहेको हुदाँ यसलाई त्यस ठाउँमा कुनै हालतले राख्न नहुने बताएका छन् ।
स्थानीय वडाका राजनैतिक दलका अगुवाहरु नेपाली कांग्रेसका वडा सभापती शेषकान्त बेल्वासे, माओवादी केन्द्रका वडाध्यक्ष यम बहादुर के.सी , नेकपा समाजबादी की सिर्जना सुनार, राप्रपाका विकास रेग्मी, राष्टिय जनमोर्चाका हुम बहादुर क्षेत्री, नेकपा विप्लवका छेदि थारु, लगाएतले संयुक्त हस्ताक्षेर गर्दै यस अगाडी नै बाणगंगा सौर्य पि.ची आयोजना रिजन क्लिन ईनर्जी नेपाललाई आयोजना रद्ध गर्न पत्राचार गरेका थिए । पछिल्लो समय लगानी सम्मेलनको चर्चा चलिरहेको बेला सो विषय पुन जोडिएको भन्दै यस स्थानमा उक्त आयोजना कुनै हालतले राख्न नहुने स्थानीयको हित विपरित राखेमा जनताले प्रतिरोध गर्ने बताईएको छ ।

 

आयोजना राख्ने भनिएको खारखानी क्षेत्रमा १ सय ४३ हेक्टर वन क्षेत्र पर्ने र ३९ लाख बढी रुखहरु काटिने हुदाँ यसले ठुलो क्षेती पुर्‍याउने भन्दै यसको विषय आएमा रोक्न हालै लुम्बिनी प्रदेशमा नव नियुक्त वन तथा वातावरण मन्त्री रहेका अर्जुन के.सी लाई समेत गिरीले ध्यानाकर्षण गराएका थिए ।
सो क्षेत्रमा राख्ने भनिएको आयोजनाले सामुदायिक वनहरुसँग समेत कुनै सहकार्य नगरेको सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरीले बताए ।


प्रकाशित : २०८१ बैशाख १३, बिहीबार १३:३९