बनकसिया–भगलापुर नाकामा ठेकेदारको ब्रह्मलुटः अवैध उत्खनन्ले बन क्षेत्रमा गम्भिर असर

[sharethis-inline-buttons]

लुदस, कोपवा

कपिलवस्तुको बाणगंगा नगरपालिकाले लगाएको नदिजन्य ठेक्का अन्र्तरगत भग्लापुर बनकसिया नाकामा ठेकेदारले ब्रह्मलुट मच्याउदा बनक्षेत्र जोखिममा परेको छ । नगरले बातावरणीय प्रभाव मुल्याङ्कन नै नगरेको, नापजोख नगरेको स्थानबाट अहिले गणेश सप्लायर्सले मनपरी मच्याएको हो ।

बागेश्वरी सामुदायिक वनको कार्यालयदेखि पश्चिममा ठेक्का नै नलगाएको स्थानमा ठेकेदारको रजाईले यतिखेर बनक्षेत्रमा ठुलो असर देखिएको छ । गतवर्ष पनी यसै सप्लायर्सले गाउँलेलाई कमिशन बाँडेर सोही ठाउँबाट ब्रह्मलुट मच्याउदा गतवर्ष वृक्षारोपण गरेको स्थानमा नदिले क्षती पु¥याएको थियो ।

यसवर्ष पनी सोहि स्थानबाट ठुल्ठुला खाल्डा बनाएर नदिजन्य पदार्थ निकासी गर्दा झन ठुलो असर पर्ने सामुदायिक बनका अध्यक्ष लेम बहादुर गुरुङ्गले बताए । ‘ठेकेदारले बन मास्न पसे दुईपट्क खबरदारी गरियो, अब ट्रयाक्टर नै बन कार्यालय पठाउछौं उनले भने’ । नदिजन्य पदार्थमा मनपरि ठेक्का लगाएर ठेकेदारले गरेको नदिजन्य पदार्थको दोहनको गम्भिर असरहरु वर्षायामको बाढीमा देखा पर्ने गरेका छन् ।

तिन वर्ष अघि बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवे भत्काएको थियो । केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्ट्रक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको बाणगंगा नगरपालिकाले सो वर्ष मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खनन्ले पनि कजवे भत्किएको बाणगंगा ५ मनोहरापुरका नगर कार्यपालिका सदस्य पिताम्बर वि.क ले बताए । बागेश्वरी सामुदायिक वन क्षेत्रमा पनी अहिले त्यस्तै अवस्था देखा परेको छ ।

वागेश्वरी सामुदायिक वनले खाली क्षेत्रमा लगाएको वृक्षारोपणको तारवारमा गतवर्ष आएको बाढीले क्षती पु¥याएको थियो । सो क्षेत्रमा नगरले मनपरि ठेक्का लगाउदा वन क्षेत्र जोखिममा परेको सामुदायिक वनकी उपाध्यक्ष पवित्रा बेल्वासेको बुझाई छ । उनले नगरले मनपरी ठेक्का लगाउदा सिंचाई क्षेत्र र बनमा गम्भिर असर परेको बताईन् ।

उक्त क्षेत्रमा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा १८ हेक्टर जग्गामा ३० लाख लागतमा ३० हजार वृक्षारोपण गरिएको थियो ।


प्रकाशित : २०८१ बैशाख ९, आईतवार १०:३२