
लुदस, कपिलवस्तु
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा हात्तीपाइले रोग निवारण अन्तर्गतको आमऔषधी सेवन राष्ट्रीय अभियानको एक दीने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मायाँदेवी गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले कार्यक्रमको उद्देश्यको बारेमा बताउनुभएको थियो भने फेयरमेड तथा कालिका स्वालम्बन सामाजिक केन्द्रका जिल्ला पारीयोजना संयोजक निशान्त कुँवरले कपिलवस्तु जिल्लामा हात्तीपाइले रोगको अवस्था, औषधीको वितरण हात्तीपाइले रोग लाग्नुका कारण यसका लक्षण रोकथामका उपायका बारेमा समेत बताउनु भएको थियो ।
संयोजक कुँवरले वैशाख १६ गतेबाट शुरु हुने आमऔषधी सेवन राष्ट्रीय अभियानलाई पूर्ण रुपमा सफल बनाउन हात्तीपाइले रोग विरुद्धकोऔषधी सेवन गरी सहयोग गर्न जिल्लावासी सम्पूर्ण शिक्षक, विधार्थी, वौद्दिक व्याक्तित्त्व एवम् मराजनैतीक दल लगायत सम्पूर्ण सर्वसाधारण जनतालाईअपिल गर्नु भएकोछ ।
कार्यक्रममा स्थानिय शिक्षक, गाउँपालिका कर्मचारी, राजनैतीक दलका प्रतिनिधि, पत्रकार एवम् स्थानियको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम मायाँदेवी गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र यादव फेयरमेड तथा कालिका स्वालम्वन सामाजिक केन्द्रका जिल्ला संयोजक निशान्त कुँवरको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।

