संघियताको सकस : सहमतिअनुसार मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, समर्थन कायमै,

[sharethis-inline-buttons]

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।​​​

जोखबहादुर महरा नेतृत्वको सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपाले सरकार छाडेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरले आइतवार राजीनामा गरेका छन् ।

सरकारबाट बाहिरिएको जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सत्ता गठबन्धनबीच जसपालाई लुम्बिनीमा २ मन्त्रालय दिने सहमति भएको थियो ।

लुम्बिनीमा जसपाका तीन सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री महरा ४८ सांसदको समर्थनमा गएको चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘हामीलाई सहमतिअनुसार २ वटा मन्त्रालय भनिएको थियो । तर दिइएन पार्टीले सरकार छाड्न भनेपछि मन्त्री पदबाट राजीनामा दिएको हुँ’, अहिरले  भने ।

पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले भनेपछि आफूले राजीनामा दिएको अहिरको भनाइ छ ।

यस्तै प्रकृतिका कारण संघियता कार्यान्वयनमा सकस देखा परेको छ । जसका कारण जनता निरास बन्दै गएका छन् ।


प्रकाशित : २०८१ बैशाख ९, आईतवार १४:४१