सबैको माग र आवश्यकता अनुसारको शिक्षा बिधेयक ल्याउनु पर्नेः सांसद अधिकारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी ।
सरकारले संसदमा निर्णायार्थ प्रस्तुत गरेको शिक्षा बिधेयक २०८० माथी बोल्दै सांसद बलराम अधिकारीले सबैको माग र आबश्यकता अनुसारको शिक्षा बिधेयक ल्याउनु पर्ने कुरामा जोड दिनु भएको छ । ५२ बर्षपछी सरकारले ल्याउन लागेको शिक्षा बिधेयकका बिषयमा सबै पक्ष एवम् सरकोरवाला निकाय सँग प्रयाप्त छलफल नभएको उहाँले बताउनु भएको छ ।

नेपाली जनताको चाहना र नेपालमा पढ्ने बिद्यार्थीहरु नेपालमा रहन सक्ने खालको शिक्षा बिधेयक आएको छैन बिधेयक सबैको मागलाई सम्बोधन गर्ने खालको आएको छ की छैन त्यो नै प्रमुख हुने बताउनु भयो

अहिले ल्याउन लागेको बिधेयकको बिषयमा शिक्षक,कर्मचारी,बिद्यालय व्यवस्थापन समिति लगायत सबै पक्ष बिरोधमा रहेको हुनाले सबैको माग अनुरुप बिधेयक ल्याउनु पर्ने बताउनु भयो ।
आज संसदमा बोल्ने क्रममा अधिकारीले भन्नुभयो सबै जनता आफनो अधिकार प्रति चिन्तित छ सरकारले सबै पक्षको माग सम्बोधन गर्न सम्झौता गर्दे आएको छ । सम्झोैता के छ भन्ने कुरा संसदलाई जानकारी छैन अनि संसदमा के छलफल गर्ने ? निर्णयमा कसरी लैजाने भोली संसोधनका कुरा आउला संसोधनमा छलफल गर्ने भनौला तर बिधेयकमा नभएका कुरालाई संसोधन कसरी गर्ने ? प्रश्न गर्नु भयो

बिधेयकले सरकारी बिद्यालय र निजि बिद्यालय बिच न्युनतम मापदण्ड एउटै बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । अहिले बिद्यालयका शिक्षकमा धेरै खालका बर्गिकरण रहेको छ राहत शिक्षक, अस्थायी शिक्षक,स्थायी शिक्षक,बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तर नेपाल सरकारले स्विकृत गरेर एउटै मापदण्डबाट आउने शिक्षक उनीहरुको सेवा सुबिधाका लागी एउटै खालको निति बनाउनु पर्ने तथा बिद्यालय संचालन बिधि एउटै हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।

 


प्रकाशित : २०८० आश्विन १९, शुक्रबार १९:११