
लुदस,२ कार्तिक । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा बुधवार लक्ष्मणघाट बोलबमधाममा पहिलो पटक जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गरिएको हो ।
भजन चुड्काको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा जिल्ला भरीबाट १० वटा समुहले सहभागिता जनाएका थिए । प्रतियोगितामा राधारमण भजन समुह,बाणगंगा ८ प्रथम, प्रकटेश्वर भजन मण्डली ,पिपरा दोस्रो,नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान बैरिया तेस्रो र शिवशक्ति भजन सुमह,बनकसियाले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक अंन्जित खनालले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले नेपाली लोक संस्कृतिको जगेर्ना तथा भजनको संरक्षण गर्नका लागी यस्ता खालका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण खनाल (लेकाली) बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरी, बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष करुण टण्डन,इलाका प्रहरी कार्यालय कोपवा प्रमुख,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय महासचिवसचिव नारायण भुसाल,केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केदार सापकोटा,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेल लगायत प्रदेश पदाधिकारी तथा सदस्य,बाणगंगा नगरपालिका वडा नं ८ का वडा सदस्य शैलेन्द्र बेल्वासे, वडा नं ६ का वडा सदस्य गुरु प्रसाद थारु,नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्विनी दर्पण साप्ताहिकका प्रकाशक मोहन बेल्वासे,लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रन बहादुर काउचा,समाजसेवी तथा बुद्धिजिवी डम्मर शर्मा,बाबुराम खनाल लगायतको उपस्थिति रहेको सह संयोजक दिनेश थारुले बताए । कार्यक्रममा प्रथम पुरस्कार लक्ष्मणघाट सामाजिक विकास केन्द्रका निबर्तमान सचिव सन्दिप न्यौपाने,दोस्रो पुरस्कार जय दुर्गा ग्रिल उद्योग,बैदौली,तेस्रो पुरस्कार माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सान्त्वना पुरस्कार बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले प्रायोजन गरेको संस्थाका सदस्य मदन शर्माले बताए ।
प्रतियोगितामा प्रथम,द्धिर्तिय,तृतिय र सान्त्वना हुने समुहलाई नगद तथा प्रमाण पत्रको व्यवस्था गरिएको सचिव सरिता थारुले बताइन् । कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण खनाल (लेकाली) को प्रस्तुती रहेको थियो कार्यक्रम संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता उपाध्यक्ष अन्जित खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव सरिता थारु र पुर्णचन्द्र परियारले गरेका थिए ।
साथै सोही दिन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेशको पुर्ण बैठक सम्पन्न भएको छ बैठकले बिगतको समिक्षा गर्दे आगामी दिनका लागी बिभिन्न निर्णय गरेको अध्यक्ष काशिराम पोख्रेले बताउनु भएको छ ।

