ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मनकामना सामुदायिक वनले ल्यायो ६ करोड बढीको बजेट

Lumbini Darpan 1 २०८० कार्तिक १४, मंगलवार ०९:०८
[sharethis-inline-buttons]

लुदस,जितपुर ।
बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०/८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । सोमबार वन कार्यालयको प्राङ्गणमा भएको १६ औ वार्षिक साधारण सभा मार्फत उक्त रुपैँया बराबरको अनुमानित बजेट वनका अध्यक्ष मुक्त बहादुर कार्कीले प्रस्तुत गरेका छन् ।

बजेट प्रस्तुत गर्दै अध्यक्ष कार्कीले वन व्यवस्थापन, वन विकास, वन संरक्षण गरिवी न्युनिकरण तथा महिला सशक्तिकरण, समुदायको हित लगायतका शिर्षकमा विभिन्न कार्यक्रम ल्याएको भन्दै ति कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने बताए । उनले पहिलो वर्षमा केहि गल्ती कमजोरी भएपनि ति कमजोरीहरुलाई आगामि वर्षहरु बाट क्रमश सुधार गर्दै लैजानेमा समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले हाम्रा सन्ततिहरुको लागि भएपनि वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । हरेक प्राणीको लागि नभैनहुने वन क्षेत्र विश्वभरि नै मासिदै गैरहेको भन्दै यसको संरक्षण गर्नु हामि सबैको दायित्व रहेको उनले बताएका छन् । सामुदायिक वनहरु बाट प्रशस्त आम्दानी गर्न सकिने भन्दै त्यसलाई बचाई राख्न वनको संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको उनले बताए। सामुदायिक वनहरुले प्रदेश सरकारलाई तिर्ने कर समेत घुमिफिरी यहि क्षेत्रको विकासको लागि प्रयोग हुनेभएकाले कर तिर्न हिचकिचाहट नगर्न समेत उनले आग्रह गरेका छन् ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने भएकाले वन समृद्धिका सुचकहरु रहेको बताएका छन् । मेयर अर्यालले विभिन्न उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्दै उपभोक्ताको आय आर्जन वृद्धि गर्नुपर्ने बताए । विभिन्न कार्यक्रम गर्दा दक्ष जनशक्ति र प्राविधिकहरुको आवस्यक पर्ने भएकाले वडा र नगर सङ्ग समन्वय गरेर कार्यक्रम गर्न पनि उनले आग्रह गरे । सामुदायिक वनहरुले अब कार्यक्रम र योजनाहरु ल्याउँदा नया नियम र मापदण्ड अनुसार चल्नुपर्नेमा पनि नगर प्रमुखले जोड दिएका छन्।

त्यस्तै डिभिजन वन कार्यालय तौलिहवाका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले पछिल्लो समय सामुदायिक वनहरु जनताको धन भएको बताएका छन् । विगतको समयमा वन बाट प्रभावकारी कार्यक्रम गर्न नसक्दा आम्दानी गर्न नसकिने स्थिती रहेको भन्दै अहिले त्यो अवस्था क्रमश हराउँदै गएपनि व्यवस्थापनको क्षेत्रमा भने अझै धेरै काम गर्नुपर्ने उनले बताए । वनले ल्याएका योजना र कार्यक्रमहरु एक पटक पेश गरिसकेपछि परिवर्तन गर्न नमिल्ने भएकाले वार्षिक साधारण सभामा सम्पुर्ण उपभोक्ताहरुको उपस्थितीमा वृहत छलफल र बहस गर्न आवश्यक रहेको समेत बताए ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वडामा पाँच वर्षको लागि आउने बजेट सामुदायिक वनहरुले एकै वर्षमा ल्याउने भएकाले उक्त बजेटको सहि सदुपयोग गर्नुपर्ने बताएका छन् । फरक प्रसङ्गमा उहाँले नगरको प्रमुख समस्याको रुपमा रहेको छाडाचौपायाको समस्यालाई समाधान गर्न बाणगङ्गा नगरपालिका सक्रिय रुपमा लागेको समेत बताए ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय पिपराका प्रमुख, समुहका निवर्तमान अध्यक्ष अमित पौडेल, सल्लाहकार बालाराम ज्ञवाली, विद्यालयको तर्फबाट बाल मावि बैरियाका प्रधानाध्यापक टिकाराम पौडेल, बाणगङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समुहका अध्यक्ष विश्व कार्की, समुहका सल्लाहकार तथा बाणगङ्गा मौरि पालक कृषि सहकारी सस्थाका अध्यक्ष लिलापती घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै वन बाट हुने आम्दानीलाई सहि सदुपयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम वनका अध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा बनका पादधिकारी, सल्लाहकार, उपभोक्ता सुरक्षकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

समुहका उपाध्यक्ष पुस्कर घिमिरेको स्वागत तथा समुहकी सचिव गङ्गा कुमारी भट्टराईको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाइ सम्मान समेत गरिएको थियो ।


प्रकाशित : २०८० कार्तिक १४, मंगलवार ०९:०८

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech