भुकम्प अपडेट : जाजरकोटमा औषधी र स्वास्थ्यकर्मीको अभाव

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,दाङ । जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ। सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेकाे छ। शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए।


प्रकाशित : २०८० कार्तिक १८, शनिबार ११:५२