ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विपत्तीमा जुट्दै मनकारी : जाजरकोट भूकम्प पीडितलाई १२ करोड बढी आर्थिक सहयोग

Lumbini Darpan 1 २०८० कार्तिक १९, आईतवार ११:४०
[sharethis-inline-buttons]

काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइते उपचाररत हुनुहुन्छ । भूकम्पमा परी मृत्यु भएका घाइते तथा आपतमा परेकाको उद्वार, उपचार, परिवारलाई आवश्यक राहत तथा सहयोगका लागि सरकार, राजनीतिक दल लगायत विभिन्न सङ्घ–संस्थाहरुले पीडितका लागि सहयोग रकम घोषणा गरेका छन् ।

सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नेगरी जाजरकोट र रुकुमपश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।

शनिबार गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्वार, उपचार र राहतबारे आवश्यक निर्णय दिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

यसैगरी, कोशी प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहयोग रकम कर्णाली प्रदेश सरकारलाई पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको बैठकले सो निर्णय गरेको हो ।

यस्तै, बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्प प्रभावित नागरिकको उद्वार तथा राहतका लागि एक करोड ५० लाख रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ। जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६।४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको छ। ती दुवै जिल्लामा पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनले पार्टी पंक्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न पार्टीले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको बताए।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूक्म्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहत कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसले भूकम्प पीडितको उद्वार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल जारी गरेको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्वारका लागि करिब १४ लाख (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ । परिषद्ले ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ पनि सञ्चालन गर्ने भएको छ ।

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धारका लागि सो रकम सहयोगको घोषणा गर्नुभएको हो ।

यसैगरी जाजरकोट र रुकुमपश्चिममा परेको भूकम्पको असरबाट पीडितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । आज शनिबार माथिको विवरणअनुसार आर्थिक सहयोग जुटे पनि भोलिसम्म थप आर्थिक सहयोगको घोषणा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट आर्थिक सहयोगको प्याकेज घोषणा गरे पनि अन्य दलको आर्थिक सहयोग आधिकारिक रुपमा घोषणा भइसकेको छैन । भोलि आइतबारसम्म थप आर्थिक सहयोगको घोषणा हुनेक्रम जारी रहने विश्वास सरकार तथा सरोकारवाला पक्षले गरेका छन् ।


प्रकाशित : २०८० कार्तिक १९, आईतवार ११:४०

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech