ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पालिका बीचको सहकार्यमा एकीकृत योजना बन्न जरुरी ः सांसद अधिकारी

Lumbini Darpan 1 २०८० कार्तिक २२, बुधबार ०८:५१
[sharethis-inline-buttons]

लदस,कपिलवस्तु।

कपिलवस्तुका सबै पालिका र सरकारी कार्यालयको गत आ.व.को बार्षिक प्रगति समीक्षा तथा चालु आ.व.को वजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पहिलो दिन स्थानीय तहको प्रगती र बजेट एवम र कार्यक्रम प्रस्तुत गर्दै छलफल समेत गरिएको थियो भने दोश्रो दिन सरकारी कार्यालयको समीक्षा गरिएको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुले २ दिन सम्म आयोजना गरेको सातौं वार्षिक समीक्षा कार्यक्रम संघीय सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका १० वटा पालिका र जिल्ला स्थित सबै सरकारी विषयगत कार्यालयहरुको आर्थिक बर्ष ०७९\८० मा गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको हो ।

कार्यक्रममा संघीय सांसद बलराम अधिकारीले जिल्लाका विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सबै कार्यालय प्रमुखहरुलाई आग्रह गर्नुभयो । योजनाहरुको छनौट र कार्यान्वयनमा मातहतका कार्यालयहरुले निरन्तर रुपमा चनाखोपन देखाउनुपर्ने र योजनाहरुमा दोहोरोपना आउन नहुने तर्फ सबै लाग्नुपर्नेमा सांसद अधिकारीले जोड दिनुभएको थियो ।

सांसद अधिकारीले पालिका बीचको समन्वयमा बिकासका साझा समस्यामा एकीकृत योजना बन्न जरुरी रहेको बताउनु भएको थियो । पालिका पालिका बिचको सहकार्यमा जिल्लाका महत्वपूर्ण गौरबका योजना अघि बढाउन सुझाब दिनुभयो ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कपिलवस्तुको बिकासमा सबै राजनीतिक दल एकतासाथ अघि बढ्नु पर्ने बताउनु भयो । कपिलवस्तु मानवीय बिकासका सूचकमा पछि परेकाले यहाँका पछाडी पारिएका समुदाय, महिला, बालबालिका, सिमान्तकृत, अल्प संख्यक समुदायको आर्थिक सामाजिक अवस्था बदल्न तिनै तहका सरकार गम्भीर भै प्रभावकारी समन्वयको आवश्यकता देखिएको घिमिरेले बताउनुभयो ।

संघीय सांसद मंगलप्रसाद गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै भौतीक पूर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालयले शुसासन युक्त तवरले काम गर्न आग्रह गर्नुभयो । उहाँले बहादुरगंज स्थित शिवराज अस्पतालको पछिल्ला अवस्थाको बारेमा निराशाजनक स्थिती रहेको तर्फ सम्बद्ध सरोकार राख्ने कार्यालयलाई ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिगतका दिनहरुमा लक्ष्य अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष्य हासिल भए भएनन् र आगामी दिनहरुका लागि कस्ता लक्ष्यहरु पुरा गर्न खोजी रहेका छौ भन्ने बिषय यी कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पूर्ण पालिकाहरु तथा बिषयगत कार्यालयले समन्वयकारी भूमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले ०७९र८० मा भएका प्रगती बिवरण प्रस्तुत गर्नु भएको थियो ।कपिलवस्तु जिल्लामा ३४ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १७ वटा प्रदेश अन्तर्गतका कार्यालय छन् । समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नवराज लामिछाने, १० वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रमुख प्रशासकीय अधिकृत, अन्य सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको थियो । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, उपप्रमुख रमेश कुर्मीको स्वागत तथा जिल्ला समन्वय अधिकारी भूमिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

जिसस प्रमुख आचार्यले सहभागिताको लागि सबैलाई धन्यवाद दिदै हरेक कार्यालयले कार्यक्रमको पारदर्शिता गुणस्तर र प्रभावकारीतामा जोड दिनुपर्ने बताउंदै अन्तर सरकारी कार्यालय बीचको समन्वय आवस्यकता भएको बताउनुभयो ।


प्रकाशित : २०८० कार्तिक २२, बुधबार ०८:५१

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech