ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जाजरकोट भूकम्पको असर : झन्डै १ लाख ८० हजार घरपरिवार प्रभावित

Lumbini Darpan 1 २०८० कार्तिक २३, बिहीबार ११:३३
[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ । गएको शुक्रबार मध्य रातमा गएको भूकम्पबाट जाजरकोटका सातवटै पालिकाका ३४ हजार पाँच सय १ घरघुरीका १ लाख ७९ हजार ८ सय ९३ घरपरिवार प्रभावित भएका छन् । त्यसै गरी ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ परिवार विस्थापित भएका छन् ।

भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्ण क्षति भएका छन् भने २४ हजार ७ सय ७ घर आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिएका छन् ।

त्यसै गरी रूकुुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले जनाएको छ । क्षतिको विवरण बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच भूकम्पबाट प्रभावित कतिपय बस्तीमा सडक नपुगेकाले राहत सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत् ढुवानी गरिएको छ भने सडक सञ्जालमा जोडिएका वस्तीमा राहत सामग्री गाडीबाट ढुवानी गरिएको छ । आकाश र जमिन दुवैबाट ढुवानी गरिएको भए पनि एकद्वार प्रणालीबाट वितरण गरिएको राहत सामग्री ग्रामीण वस्तीका पीडितले नपाएको गुनासो गरेको छन् ।

भूकम्पबाट प्रभावित भएका जाजरकोट र पश्चिम रूकुमका आठबिसकोट र सानीभेरी गाउँपालिकामा धनजनको ठूलो क्षति हुनुका साथै पुराना दरबार भग्नावशेष भएका छन् । त्यहाँका भूकम्प पीडितहरू बुधबार पनि राहत सामग्रीको पर्खाइमा बसेका थिए । भेरी नगरपालिका–१३ मा राहत सामग्री नपुग्दा नागरिकहरू खुल्ला आकाशमुनि बसेका छन् । राहत सामग्री पुगेका वस्तीमा पनि पर्याप्त मात्रामा पुग्न सकेका छन् ।

भेरी नगरपालिका– १३ का लालबहादुर रोकायले भूकम्प गएको एक हप्ता बित्दा समेत पीडितले शीत र जाडो छल्ने त्रिपालसमेत पाउन नसकेको गुनासो गरेका छन्। भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले नगरपालिकालाई दैवी प्रकोप राहत उद्धार समितिबाट आएको सामग्री वितरण प्राप्त भएको जानकारी दिँदै नपुगेका वस्तीमा पठाउने तयारी भइरहेको बताए । भूकम्प प्रभावितलाई राहत दिनका लागि जिल्ला प्रशासन कार्यालय बिहानदेखि रातीसम्म खटिएको जिकिर गर्दै उहाँले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूले राहत वितरणको काममा सहयोग नगरेको दुखेसो पनि गर्े । उनले इन्टरनेट नभएकाले राहतको काममा थप असहज भएको पनि बताए ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाह हुन सकेका छैनन् । भूकम्पका कारण पुराना घर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै नभत्केको घरहरू पनि भित्ता फाँटेर बस्न नमिल्ने भएको छन् ।

भूकम्पबाट भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा मानवीय तथा भौतिक संरचनाको ठुलो मात्रामा क्षति भएको छ । जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा भूकम्पले ९१ विद्यालय पूर्ण क्षतिग्रस्त भएका छन् भने एक सय २२ विद्यालयमा आंशिक क्षति भएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख रमेश मल्लले बताएका छन् ।

स्वास्थ्य संस्थाका भवनहरू क्षतिग्रस्त भएपछि त्रिपालबाट सेवा प्रवाह भइरहेका छन् । त्रिपाल र खुल्ला आकासमुनीको बसाईले सुत्केरी, गर्भवती महिला, बालबालिका र जेष्ठ नागरिकको दैनिकी कष्ठपूर्ण भएको छ ।

शिवालय गाउँपालिकाका ४, कुशे गाउँपालिकका ९, जुनीचाँदे गाउँपालिका २, बारेकोट गाउँपालिका ९, भेरी नगरपालिका १३, नलगाड नगरपालिका १३, छेडागाड नगरपालिका १३ गरि जम्मा ६३ वडा प्रभावित भएका छन् । कुशेमा ४ महिला र ३ पुरुष, बारेकोटमा २ महिला र १ पुरुष, भेरी नगरपालिमा २१ महिला र १४ पुरुष, नलगाडमा २७ महिला र २७ पुरुष र थप २ महिला गरि जम्मा ५६ महिला र ४५ पुरुषको मृत्यु भएको छ भने ४९ महिला र ४५ पुरुष घाइते भएको छन् ।

यो


प्रकाशित : २०८० कार्तिक २३, बिहीबार ११:३३

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech