लक्ष्मणघाट संस्थाको आयोजना मेलाको दोस्रो दिन टपरी गाँस्ने प्रतियोगितामा सम्पन्न

[sharethis-inline-buttons]

लुदस,जितपुर ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा संचालित ३ दिने पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको दोस्रो दिन मंगलबार दुना टपरी गास्ने प्रतियोगिता सम्पन्न भएको छ ।

परम्परागत कला संस्कृति र व्यवसायको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको सह संयोजक दिनेश चौधरीले बताए ।

२०८० साल मंसिर ११ गते देखी १३ गते सम्म संचालित मेलामा सो प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताबाट पबित्रा थापा प्रथम,पवित्रा पोख्रेल द्धिर्तिय,पुष्पा काउचा तृतिय र दुर्गा अधिकारीले सान्त्वना स्थान हासिल गरेको मेला संयोजक तेज बहादुर थापाले जानकारी दिएका छन् ।
कुल १४ जना सहभागी रहेको सो प्रतियोगितामा निर्णायक मण्डल संयोजकमा प्रकाश भुसाल र सदस्यहरुमा मेनका बेल्वासे,मिना आले काउचा रहेकी छन् ।

कार्यक्रम मेला संयोजक तेज बहादुर थापाको अध्यक्षता,बाणगंगा नगरपािलका वडा नं ६ का वडाध्यक्ष करुण टण्डनको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको संचालन पुर्णचन्द्र परियारले गरेका थिए । कार्यक्रममा लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष थानेश्वर अधिकारी,मेलाका निर्देशक रण बहादुर काउचा संस्थाका उपाध्यक्ष अन्जित खनालको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रथम,दिर्तिय,तिर्तिय र सान्तवना स्थान हासिल गर्नेहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार र सहभागीहरुलाई प्रमाण पत्रको व्यवस्था गरिएको थियो ।


प्रकाशित : २०८० मंसिर १३, बुधबार १०:४८