सत्ता गठबन्धनका कारण देश दुर्गतितर्फ गयो:अध्यक्ष ओली

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बैतडी । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश राजनीतिक रुपमा अस्थितरतातर्फ धकिलिएको र आर्थिक रुपमा टाट पल्टदै गएको बताउनुभयो । बैतडीको झुलाघाटमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी एमाले सरकारमा हुँदा तीब्ररुपमा प्रगती गर्ने विश्वका दश वटा देशमध्ये नेपाल पनि पथ्र्यो । तर, अहिले हरेक क्षेत्रमा टाट पल्टिदै गएको छ’, उहाँले थप्नुभयो, ‘शिक्षा क्षेत्रमा व्यापारीकरण र निजीकरण भएको छ । विकास कमिशन र भ्रष्टाचारको अखडा बनेको छ । धेरै वन र खेतीपाती भएको नेपाल एसिया महादेशकै गरिबको सूचीमा परेको छ । नागरिकमा निकै निराश बढेको छ ।’

एमालेको शासनकालमा विश्व बैंकले नेपालको समृद्धिको आशाको दियो बलेकोप्रति खुसी व्यक्त गरेको उल्लेख गर्नुभएका अध्यक्ष ओलीले २०७२ को महाभूकम्पको बेला क्षतिग्रस्त ९ लाख घरहरुको पुनःनिर्माण ३ वर्षमै सम्पन्न गर्दा विश्व समुदाय नैं चकित परेको बताउनु भयो । उहाँले कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका बारेमा उत्साहित देखिएको विश्व स्वास्थ्य संगठन पनि नेपालको पछिल्लो स्वास्थ्यको अवस्था देख्दा निकै निराश देखिएको उल्लेख गर्नुभयो । ‘हामीले सरकारको नेतृत्व गरेको बेला ७ प्रतिशतले देशको उत्पादकत्व वृद्धि भएको थियो । हरेक दिनमा ६.६ किलोमिटरका दरले सडक निर्माण भएको थियो । हजारौं पुल निर्माण भए । हाम्रो भूगोल सामेल गरेर नक्सा बनायौं । काठमाडौँलाई दिल्ली र बेइजिङसँग जोड्ने काम सुरु ग¥यौं । हामीले गरेको देश विकासको गतिलाई पचाउन नसकेका प्रतिक्रियावादी शक्तिहरुले हाम्रो सरकार ढाक्न अनेक तिकडम गरे’, उहाँले भन्नुभयो ।

सत्ता बचाउने खेलमा केन्द्रीत हरेको वर्तमान सरकारले देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन नसकेको उल्लेख गर्नुभएका अध्यक्ष ओलीले देशमा कमिसनतन्त्र हाबी भएको र कमिसनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताउनुभयो । ‘विश्वमा अर्थतन्त्र अगाडि बढिरहेको बेला हामी एमालेलाई सत्ताबाट बहिर्गमन गर्न अनेक हतकण्डा प्रयोग गरेको वर्तमा सत्ता गठबन्दनले अहिले नेपालको अवस्था बेहाल बनाए’, अध्यक्ष ओलीले भन्नुभयो ।


प्रकाशित : २०८० मंसिर १४, बिहीबार २०:५१