ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सत्तागठबन्धन पाँचै वर्ष टिक्छ-प्रधानमन्त्री प्रचण्ड

Lumbini Darpan 1 २०८० मंसिर २६, मंगलवार १०:५०
[sharethis-inline-buttons]

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तारूढ गठबन्धन तोड्ने खेल भए पनि पाँचै वर्ष टिक्ने बताएका छन् । गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको र नयाँ रणनीतिका साथ अगाडि बढ्ने उनले बताए । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा प्रचण्डले गठबन्धनमा तलमाथि नहुने बताएका हु्न् ।

‘अहिले विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने एकथरीको कसरत भइरहेको छ,’ प्रचण्डले भने, ‘तर, तिनीहरूले चाहँदैमा यो गठबन्धन तलमाथि हुँदैन । गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । गठबन्धन पूरै अवधि जान्छ ।’ सरकारले एक वर्षको समीक्षा गर्ने र नयाँ रणनीतिका साथ अगाडि बढ्ने उनले बताए ।

आगामी १० पुसमा प्रचण्ड प्रधानमन्त्री बनेको एक वर्ष पुग्दै छ । एक वर्षको समीक्षा गरेर राम्रो पक्षलाई अँगाल्दै कमजोरी सच्याएर अगाडि बढ्ने उनले बताए । उनले अतिवादी र अराजकतावादी शक्तिहरू सरकारको क्रियाशीलताका कारण निकै आतंकित बनेको बताए । अतिवादी र अराजकतावादीले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले तथ्यहीन र भ्रामक विषयको प्रतिवाद गर्न आग्रह गरे । उनले एनसेल प्रकरणमा पनि गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाए । एनसेल खरिद–बिक्री प्रकरणमा सरकारको बदनाम गर्न खोजिएको उनको गुनासो छ ।

‘पहिला–पहिला भएका ठुल्ठूला भ्रष्टाचारकाण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले एनसेलमा गरेको छ भनेर प्रचार भयो । म युएईबाट फर्किँदै गर्दा षड्यन्त्रमूलक र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ । त्यसको केही प्रतिवाद बाहिर ल्याइनँ । मैले राष्ट्र र जनताको हितमा, संविधान र लोकतन्त्रको हितमा जे गर्नुपथ्र्यो, दृढताका साथ अगाडि बढेँ । तपाईं कल्पना गर्नुस्, यति तलबाट मानिसहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं–हामीले सत्यको पक्षमा, जनताको पक्षमा, न्यायको पक्षमा लेख्ने, बोल्ने गर्नुपर्छ, यस्ता झुटा प्रचारको प्रतिवाद गर्नु र जनतालाई सही सूचना दिनुपर्छ,’ उनले भने ।

व्यवस्थाविरोधी शक्तिलाई सरकारले गरेको राम्रो काम टाउको दुखाइ बनेको उनको भनाइ छ । सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनले दाबी गरे । राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको भन्दै उनले अर्थतन्त्रमा सुधार आएको बताए । ‘अर्थतन्त्र सुधार हुँदै छ । मौद्रिक नीति समीक्षाले सुधारको संकेत देखाएको छ,’ उनले भने, ‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमानदार हुँदा कसैको केही लाग्ने रहेनछ । अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ ।’


प्रकाशित : २०८० मंसिर २६, मंगलवार १०:५०

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech