नगेन्द्र केसी शुद्धोधन
रुपन्देही अवस्थित शुद्धोधन गाउँपालिका मानपकडीको १५ औं गाउसभा एवं हिउदे अधिवेशन सोमबार सम्पन्न भएको छ।शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वधार । सुशासन, समृद्धि शुद्धोधन गाउँपालिकाको मूल आधारको मुल नाराका साथसो अधिवेशन पुष २२ गते आइतबार देखि सुरु भएको गाउँसभा पुष २३ गते सम्पन्न भएको हो।
आर्थिक बर्ष २०८०र८१को हिउदे अधिवेशनमा १४ औ गाउसभाले बनाएका योजना एवम संशोधन बजेट सहित नया योजनाहरु पारित भएको छ।हालसम्मको चालू बजेट३७ करोड ७ लाख मध्ये १० करोड ५ लाख अर्थात २७ प्रतिशत खर्च भएको छ भने पुजिगत तर्फ २४ करोड ९५ लाख मध्ये १ करोड १२ लाख अर्थात ५ प्रतिशत खर्च भएको गाउँसभामा सार्बजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले हाल सम्म ३७ प्रतिशत भौतिक प्रगती र २० प्रतिशत वित्तीय प्रगती भएको बताउनुभयो ।गाउँ सभामा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले ५ वर्षे विद्दुतिय सरकार विकास कार्ययोजनामा शुद्धोधन गाउँपालिकाले आफ्ना कार्यहरुलाई बढीभन्दा बढी पारदर्शी जवाफदेयी तथा छिटो छरितो ढंगबाट जनतालाई सेवा प्रदान गर्न जुन विधुतिय सरकारको अवधारणा ल्याएको छ।
जुन अत्यन्तै प्रशंसनिय रहेको ले सार्वजनिक सेवालाई गुणस्तर, सर्वसुलभ र कम खर्चिलो बनाउन विधुतिय साधनको प्रयोगले अति सहयोग पुराएको सन्दर्भमा गाउँपालिकाले ल्याएको ५ वर्षे विद्युतिय सरकार विकास कार्ययोजनाले ५ वर्षलाई आधार वर्ष मानि ५ वर्षको कार्यक्रमको डिजाईन गरि जसको प्रमुख उदेश्य भनेको नै विधुतिय साधनको प्रयोग मार्फत जनतालाई गुणस्तर सेवा प्रदान गरिने उदेश्यले कार्यक्रममा १२ करोड रकम खर्च गर्ने र ३० प्रतिशत खर्च गाउँपालिकाले र ७० प्रतिशत खर्च डोनर एजेन्सीहरु मार्फत लगानी गर्ने गरि तयार गरिएको र पहिलो चरणमा ई सिफारिस कार्यक्रम लागु गर्ने चरणमा रहेको छ।जसमा गाउँपालिकाबाट दिने ३५ भन्दा वढी प्रकारका सिफारिस अनलाईन प्रर्णाली एवंम मोवाईल एप्लिकेशन मार्फत सेवा दिने गरि तैयार गरिएको छ।
त्यसैगरी क्षयरोग मुक्त पालिका अभियान कार्यक्रम शुद्धोधन गाउँपालिकामा बसोवास गर्ने आम जन समुदायलाइ विभिन्न सरुवा रोगहरुबाट बचाउन सम्मानपूर्ण तरिकाले स्वस्थ्य जीवन यापनको लागि नेपाल सरकारको शसर्त अनुदान मार्फत रु १९ लाख ५८ हजार तथा गाउँपालिका मार्फत ५० हजार विनियोजन गरि क्षयरोग मुक्त पालिका अभियान कार्यक्रमको सुरुवातको चरणमा रहेको र जसको लागि संघीय सरकारद्वारा प्राप्त कार्यक्रम संचालन निर्देशिका अनुसार कृयाकलापको छनौटगरी समुदाय स्तरमा जान्ताको लागि तैयारी अवस्थामा रहेको क्षयरोग मुक्त पालिका अभियानले यस गाउँपालिकाको ७ वटै वडाहरुमा क्षयरोगका विरामीहरुको पहिचान , उपचार, घरघरमा पुगेर स्वास्थ्य शिक्षा तथा ब्यवहार परीवर्तन कृयाकलापहरु संञ्चालन गरी क्षयरोगको देखापर्ने आर्थीक तथा समाजिक समस्याहरुलाइ न्यूनिकरण गरि स्वस्थ्यपूर्ण समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस आव देखि यो कार्यक्रम संञ्चालनमा ल्याइएको र रिङ्ग रोडको निर्माणको अवधारणा र कार्यान्वयन सम्बन्धमा शुद्धोधनमा सडक सञ्जाल बाट जोडदै सबै नागरिकलाई सडक सुविधा पुन्याउने उद्देश्यले शुद्धोधन गाउँपालिकाले अगाडी सारेको रिङ्ग रोडको अवधारणा अनुसार सडक विस्तार गर्नको लागि शुद्धोधन र बुटवल उपमहानगरपालिकाको सिमा क्षेत्र शुद्धोधन गाउँपालिका वडा नं २ हिरापुर स्थित शुद्धोधन इङ्गलिस बोडिङ्ग स्कूलको उत्तर तर्फ रहेको बनागाई तिर छिर्ने चोकबाट सुरुवात गरी बनगाई, महुवारी, कोलुवा, परौता भाठा, शिशै, बेलवा, नौडिहवा, गुरौलिया, सिसवा, मधुवनी, खुनगावाँ, भगलापुर, मानपकडी मगर टोल, रेहरा, बर्मेली टोल, दोगाना, सखुवानी, बेतहानी, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, मैनहिया चोक, सातकुला हुदै हिरापुर जोड्ने गरी तयार गर्न थालिएको रिङ्ग रोडको कार्य सम्पन्न गर्ने लगायतका विभिन्न योजनाहरुको बारेमा पालिका अध्यक्ष बस्यालले बताउनुभयो।
सो सभामा पालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीले कृषिमा आत्मनिर्भरको योजनामा तरकारी जोन र शुद्धोधन बृहत मत्स्य विकास योजना कार्यक्रम शुद्धोधन गाउँपालिकाको कृर्षी तथा पशुपालन क्षेत्रको विकासबाट शुद्धोधन गाउपालिकालाई अब्बल बनाउन पालिकाका विभिन्न पोखरीहरुको दिगो व्यवस्थापन गरी बृहत किसिमको मत्स्य पालन योजना संघीय विशेष योजना मार्फत संबोधन गर्न आवश्यक प्रस्तावना तैयार गर्ने प्रयोजनको लागि यो योजना विकास गरिएको र शुद्दोधन गाउँपालिका भित्र रहेका परौताभाटा पोखरी, चप्परखोला ताल पोखरी सियाभार तथा जनकपुर पोखरीलाई बहुआयामिक कृर्षी तथा पुश विकास कार्यक्रम मार्फत योजना अगाडी बढाई मत्स्यपालन, सिचाई, प्रर्या पर्यटन , सिरमार संरक्षण, पार्क, गार्डेन तथा बोटिङको रुपमा विकास गरि समुदायको संलग्नतामा आय,आर्जनका कार्यक्रमहरु सन्चलन गरिने समुदायको आर्थिक आर्जन रोजगारी श्रृजना तथा गाउँपालिकाको आन्तरिक आयमा समेत वृद्दी हने प्रचुर संभावना रहेकोले उक्त परियोजनालाई गाउँपालिकाको दिर्घकालिन रणनितिक योजनाको रुपमा अगाडी सारी आवश्यक बजेटको निरन्तरता दिईने शुद्धोधन गाउँपालिकाले बृहत कृर्षी विकास योजनाको रणनितिक कार्ययोजना बनाई आगामी ४ वर्षमा कम्तिमा पनि १० करोड बजेट बिनियोजन गरि कृर्षी क्षेत्रको विकास मार्फत गाउँपालिकाको समुन्नत विकासमा ध्यान पुर्याउने। विशेष प्राथामिकता दिई बजेटको सुनिश्चतता गरिने खड्काले गाउँसभामा सार्वजनिक गर्नुभयो।
प्रस्तुत गरिएका कार्ययोजनाहरुलाई गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले राख्नुभएको प्रस्तावलाई सभाका सदस्यहरुले पारित गरेको थियो।त्यसै गरि लेखा संयोजक तारक बहादुर कुवरले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदनमा।गाउँ सभाले लेखा प्रतिवेदन प्रती ३ नम्बर वडाका अध्यक्ष हेम बहादुर खड्का ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष भिमनारायण चौधरी वडा सदस्यहरु णम कुमारी पङ्गेनी , बालकृष्ण पराजुली ,भिम बहादुर छहारी,अनिल मौर्य लगायतले टिप्पणी गरेका थिए ।




















