उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन भोली , भोट हाल्न परिचय खुल्ने आधार चाहिने

[sharethis-inline-buttons]

लुदस, जितपुर
उद्योग बाणिज्य संघ कपिलवस्तुको निर्वाचन भोली सनिवार हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार भोली मतदान हुने निर्वाचन समितिले जनाएको छ । भोट हाल्नका लागि मतदाताले आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय, लाईसेन्स वा बलियो व्यवसायीक आधार कार्ड चाहिने जनाईएको छ ।
मतदानको लागि तयारी अन्तिम चरणमा पुगेको र भोली ९ बजेबाट ४ बजेसम्म मतदान समय तोकिएको निर्वाचन समितिका संयोजक गुणनिधि भुषालले बताउनुभयो ।
उद्योग बाणिज्य संघमा २ हजार ८८ मतदाता मध्ये केहि तृटि भएका हरुको फाईनल गर्न थालिएको र आचारसंहिताको काममा लागेको भुषालले बताउनुभयो । ९० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।


प्रकाशित : २०८० माघ २६, शुक्रबार १५:२३