आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

[sharethis-inline-buttons]

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ। सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १०:३४