कुन प्रदेशका कति वटा वडामा उपलब्ध छ सर्पदंश उपचार सेवा?

[sharethis-inline-buttons]

नेपालका ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको  छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदन अनुसार नेपालका कुल ६ हजार ७ सय ४३ वटा वडामध्ये १२ प्रतिशत अर्थात् ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको हो।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशका १३३ अर्थात् १८.१ प्रतिशत वडामा सर्पदंश उपचार सेवा रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै सबैभन्दा कम कोशी प्रदेशका ७१ अर्थात् ६.१ प्रतिशत वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध छ।

त्यस्तै कर्णाली प्रदेशमा १०५ अर्थात् १४ं.६ प्रतिशत, लुम्बिनी प्रदेशमा १४२ अर्थात् १४.४, बाग्मती प्रदेशमा १५५ अर्थात् १३.८ गण्डकी प्रदेशमा १०६ अर्थात् १४ तथा मधेश प्रदेशमा ९७ अर्थात् ७.६ प्रतिशत वडामा मात्रै सर्पर्दश उपचार सेवा उपलब्ध भएको तथ्यांक छ।


प्रकाशित : २०८१ असार ८, शुक्रबार १७:५१