हिमालयन लघुवित्त तौलिहवा शाखाद्धारा बीमा वापतको रकम हस्तान्त्रण

[sharethis-inline-buttons]

फम नारायण काफ्ले, कपिलवस्तु

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय तौलिहवा कपिलवस्तुले संस्थाका सदस्यलाई बीमा वापतको रकम हस्तान्त्रण गरेको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा संचालित कार्यक्रम अन्तर्गत व्यक्तिगत सदस्य धितो कर्जा रु ५ लाख ५० हजार लिएर कारोबार गर्दै आउनु भएकी सुनिता यादब बिगत १ बर्ष देखि सदस्य रहि कर्जा चलाउदै आउनुभएकोमा हाल उहाको दुःखद निधन भएका कारण बीमा वापतको रकम हस्तान्त्रण गर्नुभएको हो ।

उहाँले लिएको ऋण रु ५ लाख ५० पचास हजार बापत गरिएको बिमाको रकम ५ लाख ५० हजार र काज किरिया बापत २५ हजार सहित ५ लाख ७५ हजार रकम बिमा बापत आई उहाँको ऋण ४ लाख ७४ हजार ५ सय ८ रुपैया २८ पैसा तिर्न रहेको हाल सबै तिरी उहाँको श्रीमान विष्णु प्रसाद यादवलाई १ लाख ४ सय ९१ रुपैया ७२ पैसा बराबरको चेक हस्तान्तरण गरिएको हो ।

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम जीत प्रसाद कुर्मी, पवन शुक्ला, हिमालयन लघुवित्त वित्तिय संस्थाका लिमिटेड शाखा कार्यालय तौलिहवाका शाखा प्रमुख सुनील कुमार पाण्डेय, शाखाका कर्मचारी जगदीश कुर्मी र दिपक प्रसाद मिश्रको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।


प्रकाशित : २०८१ असार २८, बिहीबार १९:२५