प्रधानमन्त्री –जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताउनु भएको छ। प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो ।

उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पार्नु भयो । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उहाले प्रतिबद्धता व्यक्त गर्नु भयो।


प्रकाशित : २०८१ श्रावण ६, आईतवार १६:५१