हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ वडा कार्यालयको परिसरलाई सुन्दरीकरण गर्ने कार्य सुरु गरिएको वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले बताउनुभएको छ । चाडपर्व नजिकिएसंगै आउँदै गरेको दिपावलीमा वडा कार्यालयको परिसरमा फुल फुलाएर झकमक्क बनाउँने उद्देश्य रहेको वडाध्यक्ष पौडेलले बताउनुभएको छ ।
तिहारमा फुल्ने फुल लगायत अन्य गरि २ सय वटा फुलका विरुवा वडा कार्यालयको परिसरको खालि जग्गा गरि रोपिएको बताईएको छ । खासगरि खाली जग्गाको सदुपयोग गर्नका लागि, वातावरणिय सन्तुलन र वडा कार्यालयको सुन्दरिणकरण गर्ने उद्देश्यले फुल रोपण गरिएको बताईएको छ ।
नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष पौडेल, वडा सदस्य झिमलाल सापकोटा, वडा सचिव सन्तोष थापा लगायतको टोलिले फुल रोपण गरेको हो ।


















