ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

लुम्बिनी दर्पण २०८२ फाल्गुन २५, सोमबार २१:४३
[sharethis-inline-buttons]

झन्डै डेढ वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका चारमध्य एक जना मात्रै सफल भए।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको चुनाव लड्का लागि प्रदेश सभा सदस्यबाट राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै सफल भए।

बनिया २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (क) बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। चुनावअघि उनी पार्टी र सांसदबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएका थिए।

त्यतिबेला उनी प्रदेशमा मन्त्रीको आकांक्षी थिए। त्यो पूरा नभएपछि उनी असन्तुष्ट थिए।

अहिले बनिया २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रमोद यादवले २० हजार २६२ र नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरे।

जनता समाजवादी पार्टी नेपालका सर्बेन्द्रनाथ शुक्ल ३ हजार ४१० मतसहित तेस्रो र जनमत पार्टीका भोपेन्द्रप्रासद यादव २ हजार ७७ मत प्राप्त गरी चौथो भएका थिए।

संघीय सांसद बन्ने उद्धेश्यले लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएका बनियाँ बाहेकका अरू तीन जना भने सफल हुन सकेनन्।यी तीन प्रदेशका पूर्वमन्त्रीहरू हुन सकेनन् सफल

संघीय सांसद बन्न लुम्बिनी प्रदेशसभा सदस्यबाटै राजीनामा दिएका अरू तीन नेताहरू नेकपाका धनबहादुर मास्की, कृष्णा केसी र नागरिक उन्मुक्ति पार्टीका धर्मराज चौधरी पनि सफल हुन पाएनन्।

धनबहादुर ०७९ को चुनावमा कांग्रेससँगको गठबन्धनबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की दाङ-३ (ख) मा निर्वाचित भएका थिए।

पछि उनी प्रदेश सरकारमा अर्थमन्त्री पनि बनेका थिए।

बाँके-१ मा पनि तत्कालीन माओवादीबाट विजयी भएकी कृष्णा केसी (नमुना) ले यसपालि प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न प्रदेश सभा सदस्य पद त्यागिन्।

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ (ख) मा सांसद जितेका धर्मराज चौधरीले प्रतिनिधि सभामा निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिए। उनी भौतिक पूर्वाधार मन्त्री पनि बनेका थिए।

दाङको ३ (क) बाट निर्वाचित काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएपछि सँगसँगै मास्की अर्थमन्त्री, चौधरी केही समयपछि भौतिक पूर्वाधार मन्त्री र केसी अन्तिममा तीन महिना सिँचाइ मन्त्री बनेकी थिइन्।

बाँकेकी केसी त्यसअघि एमालेका मुख्यमन्त्री लीला गिरीको पालामा पनि केही समय मन्त्री बनेकी थिइन्। कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारका दाङका मास्की र बर्दियाका चौधरी भने झन्डै एक वर्ष मन्त्री बनेका थिए।

त्यसपछि पनि तत्कालीन नेकपा (माओवादी केन्द्र) जोखबहादुर महरा मुख्यमन्त्री हुँदा बर्दियाका चौधरी झन्डै तीन महिना फेरि मन्त्री बनेका थिए ।

अहिले तीन जना कसले कति मत पाए?

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दाङको क्षेत्र नं. ३ मास्की नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार थिए। यहाँ रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मतसहित निर्वाचित हुँदा मास्की ९ हजार ३२८ मतसहित चौथो भए।

यहाँ कांग्रेसका दीपक गिरी १६४५३ मतसहित दोस्रो, एमालेका घनश्याम पाण्डे १२ हजार १९५ मतसहित तेस्रो स्थान हासिल गरे।

२०७९ मा बाँके– क्षेत्र नं १ बाट तत्कालीन माओवादीबाट निर्वाचित कृष्णा केसी (नमुना) फागुन २१ गतेको निर्वाचन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके –१ मा उम्मेदवार थिइन्। यहाँ रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मत प्राप्त गरी निर्वाचित भए।

प्रलोपाकी केसी १ हजार २४० मतसहित ६ औं स्थानमा आइन्।

यहाँ कांग्रेसका नारायणप्रसाद गौडेल १५ हजार ३०१ मतसहित दोस्रो, एमालेका सूर्यप्रसाद ढकाल ११ हजार १५ मतसहित तेस्रो, नेकपाका नरेन्द्रप्रसाद पाण्डे ६ हजा ३३ मतसहित चौथो र राप्रपाका प्रदीपकुमार शाह ३ हजार २३४ मतसहित पाँचौं भएका थिए।

त्यस्तै २०७९ मा बर्दिया – २ (ख) नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी पुरानो पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीबाट बर्दिया – २ बाट प्रतिनिधिसभा सदस्यमा भिडेका थिए।

जहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मत प्राप्त गरी निर्वाचित हुँदा उज्यालो पार्टीका महामन्त्रीसमेत रहेका चौधरी ४ हजार ४७२ मत प्राप्त गरी पाँचौं स्थानमा परे।

यहाँ कांग्रेसका किशोरसिंह राठौर २० हजार ४०२ मतका साथ दोस्रो, नेकपा सुरेश पन्थ १९ हजार १८० मतका साथ तेस्रो, एमालेकी विमला विक १० हजार ७७२ मतका साथ चौथो भइन्।

 


प्रकाशित : २०८२ फाल्गुन २५, सोमबार २१:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech