
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंग्गा ४ स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चयन भएको नयाँ नेतृत्वले शपथ तथा पदभार ग्रहण गरेको छ । सहकारीको २६ औं बार्षिक साधारण सभा निर्वाचन घोषणाबाट देवकला सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा गीता भुसाल, सचिवमा शोभा पौडेल, सह–सचिवमा ईशा जिसी, कोषाध्यक्षमा हरि अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा ईन्द्रलाल पौडेल, शान्ता थारु, अम्बिका विक, टिमामा थारु, तुल्सीराम चौधरी, बिष्णु ढुंगाना, रहनुभएको छ भने लेखा समितिको संयोजकमा त्रिलोचन घिमिरे सदस्यहरुमा अमर बस्नेत र पबित्रा बिष्ट चुंदाली चयन हुुनुभएको निर्वाचन मण्डल संयोजक संस्थाका संस्थापक अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी सहकारी संघ लिमिटेड लेखा तथा सुपरिक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, बचत तथा ऋण सहकारी संचालक प्रदेश सदस्य तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहिले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रम सहकारीका ब्यबस्थापक हरिलाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

