ताजा अपडेट

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा मालपोत तथा नापी कार्यालय उद्घाटनः काममा हुने अनियमिततालाई रोक्न मन्त्री अधिकारीको निर्देशन

Lumbini Darpan 2 २०८१ फाल्गुन ४, आईतवार १९:२९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सो कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मालपोत कार्यालय बाणगङ्गामा स्थापना हुनु सुखद पक्ष भएको बताए । उनले यस कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासीलाई जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण लगायतका सेवाहरू सरल र सहज हुने विश्वास व्यक्त गरे। साथै, उनले सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको घरदैलोमै पु¥याउने सरकारको नीति अनुरूप यो कार्यालय स्थापना भएको उल्लेख गर्दै स्थानीय तहमा सेवा प्रवाह सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, उनले भूमिसम्बन्धी काममा हुने अनियमितता, ढिलासुस्ती र विचौलियाको भूमिकालाई पूर्ण रूपमा रोक्न कडाइ गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कार्यालय स्थापनाले स्थानीयवासीलाई अत्यन्त ठूलो सुविधा पु¥याउने बताउँदै कार्यालयको प्रभावकारी सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारले अघि सारेका भूमि सुधार सम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयनमा मालपोत तथा नापी कार्यालयको महत्वपूर्ण भूमिका रहने बताइन् ।

कार्यक्रममा प्रदेशसभा सांसद गिरिधारीलाल न्यौपानेले नयाँ कार्यालय सञ्चालनमा आएसँगै अब स्थानीयवासीले सहज र छिटो सेवा पाउने विश्वास व्यक्त गरे । उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न र जनतालाई प्रभावकारी सेवा दिन कार्यालयलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताए ।
त्यसैगरी, बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई धेरै राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन कर्मचारीहरूलाई निर्देशित गरे। साथै, उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नगरपालिकाको तर्फबाट कार्यालयलाई आवश्यक सहयोग तथा समन्वय गर्न सधैं तत्पर छौं ।”

कार्यालय सञ्चालनको पहिलो दिन बाणगङ्गाबाट २ जना सेवाग्राहीले सेवा लिएका छन् । सेवाग्राहीहरूले कार्यालय सञ्चालन भएसँगै अब आफूहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरेका छन् ।

स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीहरू, उद्योगी–व्यवसायी, तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यालय सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाहरूले कार्यालय स्थापनाले आफ्नो दैनिक जीवनमा ठुलो सहजता ल्याउने भन्दै सरकारलाई धन्यवाद दिएका छन्। उनीहरूका अनुसार, अब मालपोत तथा नापीसम्बन्धी कुनै पनि कामका लागि टाढा जानुपर्ने झन्झट हटेको छ, जसले समय र आर्थिक खर्च दुवैमा बचत हुने छ ।

यसरी, बाणगङ्गा नगरपालिका वडा नम्बर ८, बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भएसँगै स्थानीयवासीले प्रत्यक्ष लाभ लिन थालेका छन् ।


प्रकाशित : २०८१ फाल्गुन ४, आईतवार १९:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
  • सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

भर्खरै

  • बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

  • सग्रहवामा शाक्यहरू पितृ स्मरण

  • मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech