कपिलवस्तुमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत करिब ५९ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भवेश्वर घिमिरेका अनुसार जिल्लामा रहेका कुल ३ लाख ९६ हजार २ सय ६५ मतदातामध्ये हालसम्म ५९.४६ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ।
उनका अनुसार हालसम्म २ लाख ३३ हजार १ सय ७६ मत खसेको विवरण प्राप्त भएको छ भने एक स्थानको मतदान विवरण आउन बाँकी रहेकाले प्रतिशतमा सामान्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ।
यता जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले भने अझै सबै मतदान केन्द्रबाट आधिकारिक विवरण प्राप्त भइनसकेको जनाएको छ।
यसैबीच जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।


















