
महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाुइते भएका छन् ।शुक्रबार बिहान पौने १० बजे नारायणगढबाट बुटवलतर्फ आउदै गरेको यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलमा यात्रारत दुई जना र बसका सहचालक घाइते भएका हुन् । घाइतेहरुको स्थानीय देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।