नेपालले होबार्ट हुरीक्यानसलाई १८१ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियमा जारी टप इन्ड टी(२० सिरिज अन्तर्गत आज टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको हो ।नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए । त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २(२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।
पालले सिरिजमा यस अघि लगातार तीन खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो ।
त्यस्तै होबर्ट हुरिक्यान्सले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।


















