ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचन सुरक्षा कडा: सेनाको हवाई निगरानी, चार ठाउँमा एअर सपोर्ट तैनाथ

Lumbini Darpan 1 २०८२ माघ १७, शनिबार ०७:१२
[sharethis-inline-buttons]

फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेनाले हवाइ गस्ती पनि गर्ने भएको छ। अहिलेको चुनावमा यसअघि भन्दा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था थप मजबुत बनाउन लागिएको हो।

नेपाली सेनाले हवाइ गस्तीका लागि चार स्थानमा हेलिकप्टर र जहाज तैनाथ गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले पूर्वको इटहरीमा हेलिकप्टर र विराटनगरमा जहाज रहने बताए। यस्तै काठमाडौँ, पोखरा र सुर्खेतमा पनि हेलिकप्टर र जहाज तैनाथ राखिने भएको छ। ‘चुनावको समयमा हवाइ गस्तीहरू पनि हुन्छ। चार स्थानमा हवाइ साधन तैनाथ गरिन्छ। अवस्था अनुसार अदलबदल पनि हुनसक्छ तर अहिलेको अवस्थामा हामीले विराटनगर, काठमाडौँ, पोखरा र सुर्खेतमा हेलिकप्टर र जहाज तैनाथ गर्ने निर्णय गरेका छौँ’, प्रवक्ता बस्नेतले भने।

सेनाले हवाइ गस्ती गर्ने र कुनै स्थानमा थप मद्दत आवश्यक परे हेलिकप्टरबाट टोली पुग्नेछ। यस्तै कतिपय स्थानमा जहाजबाटै सैनिक टोली लैजानेसम्मको तयारी जंगी अड्डाले गरेको छ।

नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि तीन चरणको तयारी गरेको प्रवक्ता बस्नेतले बताए। बम डिस्पोजलका लागि पनि सेनाले टोली तैनाथ गरेको छ।

अहिले मतपत्र छपाइ भइरहेको सानोठिमीमा सेनाले २४ घण्टै सुरक्षा दिइरहेको छ। मतपत्र ढुवानीका लागि पनि नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ। दुर्गम स्थानमा नेपाली सेनामार्फत नै मतपत्र ढुवानी गर्ने सरकारको तयारी छ। त्यसपछि सेनाकै सुरक्षामा मतदानस्थलसम्म मतपत्र पुर्‍याइनेछ।

जंगी अड्डादेखि युनिट तहसम्म तालिम, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त अभ्यास भएको छ। नेपाली सेनाले यहीबीचमा महत्त्वपूर्ण संरचनाको पनि सुरक्षा गर्नेछ। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका देशभरका विमानस्थल र कारागारको सुरक्षा निर्वाचनको एक महिना पहिलेबाट नेपाली सेनाले लिनेछ।

त्यसका लागि हरेक जिल्लाले अन्य सुरक्षा निकायसँग समन्वय गरेका छन्। एक महिना पहिलेबाट सेना निर्वाचनका लागि फिल्डमा खटिने छ। तर कतिपय जिल्लामा भने अहिले पनि सेनाले अन्य सुरक्षा निकायसँग संयुक्त गस्ती गरिरहेको छ। एक महिना पहिलेबाट भने हरेक पालिकामा सेनाको टोली पुग्नेछ। त्यसका लागि बेस तयार गरिरहेको छ।

निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने छ। यसअघि पनि सेनाले यसैगरी सुरक्षा प्रदान गर्दै आएको थियो। तर आवश्यक परे सम्बन्धित निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग समन्वय गरेर सेनाको भूमिका परिवर्तन हुनसक्छ। निर्वाचनपछि मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षामा पनि नेपाली सेना खटिने छ। मतपरिणामसँगै अवस्था सामान्य बनेपछि नेपाली सेना ब्यारेकमा फिर्ता हुनेछ।


प्रकाशित : २०८२ माघ १७, शनिबार ०७:१२

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech