प्रहरीले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि नेकपा एमालेले विरोध प्रदर्शन गर्ने भएको छ । बिहान ओलि पक्राउ परेपछि बसेको आस्मिक सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्ने सचिव महेश बस्नेतले जानकारी दिए ।
साथै आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने,
प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय बैठकले गरेको छ ।
लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने साथै नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय भएको सचिव बस्नेतले जानकारी दिए।


















