ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

लुम्बिनी दर्पण २०८२ चैत्र १७, मंगलवार १९:३५
[sharethis-inline-buttons]

लुुदस ,बाणगंगा
अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउने धन्दामा ठेकेदार बाबुराम अधिकारी लागिपरेका छन् ।
गत बर्ष महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्डको नाममा नदीजन्य पदार्थ निकासीलाई अमानतमै हत्याएका ठेकेदार अधिकारी उक्त नदीजन्य पदार्थलाई वैध गराउने ध्याउन्नमा अहिले लागेका हुन् ।
अमानतमा उठाएको नदीजन्य पदार्थलाई सम्बन्धित आयोजनामा प्रयोग नगरी बाहिर बेच्दै आएको प्रमाण मिडियाले सार्वजनिक गरिसकेको छ । तरपनि उनलाई नियामक निकायले कुनै कारबाही गर्न सकेको छैन् ।
कपिलवस्तुकै सबैभन्दा ठूलो राजश्व उठ्ने मधुवानधाम क्षेत्रमा गत बर्ष अधिकारीले राष्ट्रिय गौरवको आयोजना निर्माणको नाममा बिना प्रतिस्पर्धा ठेक्का हत्याएका थिए ।
बाणगंगा नगरपालिकाले बाणगंगा खोलाको मधुवनधाम क्षेत्रको नाकालाई विना प्रतिस्पर्धा अमानतमा ठेकेदार अधिकारीलाई निकासीका लागि अनूमति दिएको थियो ।
उक्त नदीजन्य पदार्थलाई ठेकेदार अधिकारीले सम्बन्धित आयोजना निर्माणका लागि मात्र प्रयोग गर्नुको सट्टा अन्यत्र चर्को मूल्यमा बेचविखन गरिरहेको प्रमाण लुम्बिनी दर्पण र मायादेवी अनलाइनले फेला पारेको थियो । जबकी बाणगंगा नगरपालिकाबाट अमानतमा पाएको नदीजन्य पदार्थलाई सम्बन्धित आयोजनामा मात्र प्रयोग गर्ने गरी उनले निकासीको जिम्मेवारी पाएका थिए । आर्थिक रकमको चलखेल गरी अमानतमा नाका हत्याएका अधिकारीले कानून विपरित नदीजन्य पदार्थ बेचविखन गरेको भएपनि कुनैपनि सरकारी निकायले कार्वाहीको प्रकृया अगाडी बढाएन् । जसले गर्दा आर्थिक सुशासनको मर्म कमजोरी देखिएको छ ।
गत बर्ष ठेकेदार अधिकारीले ६५ हजार घटमिटर नदीजन्य पदार्थ निकासी गर्न पाउने गरी यो नाकाको निकासी पाएका थिए । तर त्यो बेला तोकिएको परिणाम भन्दा झण्डै तीन गुणा नदीजन्य पदार्थ निकालेको उनीमाथि आरोप लागेको थियो ।
‘राष्ट्रिय गौरवको लागि नै प्रयोग होला भनेर तोकिएको मापदण्डभन्दा बढी सामग्री निकाल्दा पनि बोलेनौं, एक जना स्थानीय समाजसेवी जानकारी व्यक्तिले भने,’ तर उनको उद्देश्य राजश्व छल्ने र अन्यत्र बेच्ने रहेछ । तिनको त्यो नियत थाहा पाएको भए त्यो बेला अमानतमा कुनैपनि हालतमा निकाल्न दिदैंनथ्यौं ।
आफूले अमानतमा पाएको नदीजन्य पदार्थलाई बैध गराउने ध्याउन्नका ठेकेदार अधिकारी सुरुवात देखिनै लागेको देखिन्छ । उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुटवल–गोरुसिंगे सडकखण्डलाई देखाएर बाणगंगा खोलाको नदीजन्य पदार्थ हत्याउने र करोडौं कमाउने उद्देश्यमा यसपाली पनी रहेको पाइएको छ । यो सडकखण्डको मुख्य ठेकेदार उनी नभई नदीजन्य पदार्थ दिने गरी मुख्य ठेकेदारसंग सम्झौता गरेको स्रोत बताउँछ ।
उनले गत बर्ष अमानतमा पाएको नाका रु ६ करोड बराबरमा ठेक्का लाग्दै आएको स्थान हो । गतवर्षसम्म एक्साभेटरको प्रयोग नगरी लाग्दै आएको यो स्थानमा गत बर्षबाट एक्साभेटर लगाउन थालिएको हो । उनले विना प्रतिस्पर्धा साढे तीन करोडमा गत बर्ष नदीजन्य निकासीको ठेक्का पाएका थिए ।
उनले नदीजन्य पदार्थलाई वैध गराउनका लागि लामो समय देखि सञ्चालन हुँदै आएको लुम्बिनी क्रेशर उद्योग भाडामा प्रयोग गरि करछली गरेका प्रमाण समेत लुम्बिनी दर्पणमा सुरक्षित छन् । त्यहीँ क्रेशरमा उनले आफूले अमानतमा पाएको नदीजन्य पदार्थ लगेका थिए । त्यसले पनि उनको नियम स्पष्ट देखिन्छ, ‘ती व्यक्ति भन्छन् ।’
गत वर्षको धन्दा ले नगर सचेत यसपाली अमानतमा पाएनन्, किर्ते गरी ठेक्का हत्याउने प्रयास पनि असफल


जानकार स्रोत भन्छ– यो बर्ष पनि अमानतमै नदीजन्य पदार्थ निकासी गर्न पाउने गरी उनी लगातार लागि परेका थिए ।
यसका लागि विभिन्न शक्ति केन्द्र धाएपनि अमानतमा दिन हुँदैन्, नत्र कानूनमा फसिन्छ भन्ने डर कर्मचारीमा देखिएको कारण दिन सकेनन्, स्रोत भन्छ ।
लुम्बिनी दर्पण लगाएत विभिन्न संचार माध्यममा उनका धन्दाबारे समाचार प्रकाशन भएपछी बाणगंगा नगरपालिकाको ध्यानाकर्षण भएको थियो । जस कारण यसपाली प्रतिस्पर्धामा ठेक्का लगाउन नगरपालिका अगाडी बढेपछी उनको अर्को काण्ड परेको छ ।
तरपनि उनी ठेक्का लिएरै भएपनि नदीजन्य पदार्थ निकासी गर्ने उद्देश्यमा थिए । गत बर्ष अमानतका उठाएको नदीजन्य पदार्थलाई बैध गराउन सकिन्छ भन्नेमा उनी छन् । यो बर्ष बाणगंगा नगरपालिकाले रु तीन करोड ६३ लाख बराबरको मूल्य तोकेर ठेक्का खुलाएको छ । जसमा ठेकेदार अधिकारीकै मिलेमतोमा डी एण्ड बी कन्स्ट्रक्सन भरतपुरले रु ६ करोड २७ लाखमा ठेक्का हालेको थियो । तर यसले बैंक ग्यारेन्टी किर्ते गरेको पाइएको छ ।
प्राइम कमर्शियल बैंकको बैंक ग्यारेन्टी पेस गरेर ठेक्का पाएको डी एण्ड बीले अन्नतः बैंक ग्यारेन्टी किर्ते गरेको नगरले फेला पारेको छ । यो ठेकेदार गु्रपसँग ठेकेदार अधिकारीको मुख्य संलग्नता रहेको श्रोतले जानकारी दिएको छ । बाणगंगा नगरपालिकाले बैंक ग्यारेन्टी किर्ते भएको थाहा पाएपछि यो कन्स्ट्रक्सनलाई कारबार्हीका लागि प्रहरी समक्ष सिफारिस गरेको छ । ठेक्का पाउने डी एण्ड बी कालोसूचीमा परेपछि दोस्रो हुने बाणगंगा विल्डर्सले रु ५ करोड १४ लाखमा ठेक्का पाएको छ । बाणंगाले ५६ हजार घनमिटर नदीजन्य पदार्थ एक्साभेटर मार्फत नकाल्ने तयारी थालेको छ ।
बाणगंगा विल्डर्ससँग ठेकेदार अधिकारीले किने ६० प्रतिशत शेयर
अमानत हुँदै किर्ते बैंक ग्यारेन्टी मार्फत भएपनि ठेक्का हत्याउने प्रयासमा लागेका ठेकेदार अधिकारीले अन्तत ती सवै कु कार्यले पनी नगरलाई छक्काउन नसकेपछी बाणगंगा विल्डर्ससँग ६० प्रतिशत शेयर किनेको रहस्य खुलासा भएको छ । बाणगंगा विल्डर्सले ठेकेदार अधिकारीलाई ६० प्रतिशत शेयर दिएर आफूले ४० प्रतिशत शेयर राखेको विश्वस्त स्रोतले बतायो ।
‘जसो गरेपनि ठेकेदार अधिकारीले यस पालि बाणंगा खोलामा निकासी ठेक्का पाउन सकेनन् । पहिलो कुरा त उनले किर्ते बैंक ग्यारेन्टी गर्नेसँग साठगाठ गर्न खोजे, त्यहीँ फेल खाए । दोस्रो कुरा हामीभन्दा दुई लाख कम मूल्यमा ठेक्का हालेको कारण आफूले पनि पाएनन् । अहिले हामीसँग अनुनयविनय गरेर ६० प्रतिशत शेयर किनेका छन्,’ ठेकेदार गु्रपका एक जना सदस्यले भने ।
ठेकेदार अधिकारीले किनेको ६० प्रतिशत शेयर मध्ये १० प्रतिशत केही जनप्रतिनिधि र केही युवालाई समेत मिलाएको स्रोतले बतायो ।

अमानतमा नदीजन्य पदार्थ दिएको बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमुख मदन घिमिरेले आफूहरुले विभिन्न प्रक्रिया पुर्‍याएर आएपछि अमानतमा दिएको तर त्यो सामग्री प्रयोग भएको छ कि छैन् भनेर हेर्ने दायित्व नभएको प्रतिक्रिया दिए ।


प्रकाशित : २०८२ चैत्र १७, मंगलवार १९:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech