लुदस,बुटवल
केपी ओली पक्राउको विरोधमा कपिलवस्तु लगाएत देशभर एमाले कार्यकर्ता आन्दोलित भएका छन् । जिल्लाको ४ नं लगाएत देशका विभिन्न स्थानमा भएको आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ। जसकारण बबरमहल क्षेत्रमा तनाव भएको छ।
आन्दोलनकारीले गाडी जलाउनेदेखि सार्वजनिक सम्पत्तिमा क्षति पुर्र्याउन थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। तीन जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ। केही आन्दोलनकारी घाइते भएका छन्।
माइतीघरदेखि बानेश्वर सडक खण्ड हाल प्रहरीले बन्द गरेको छ।



















