ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

लुम्बिनी दर्पण २०८२ चैत्र ९, सोमबार १५:४५
[sharethis-inline-buttons]
कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

 तीन दिनयता दक्षिणी कपिलवस्तुमा सुरू भएको दुई समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन । सोमबार पनि जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन् । प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।

कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवादपछि आक्रोशित प्रदर्शनकारी र प्रहरी झडपमा शनिबार प्रहरीको गोलीबाट ४ जना घाइते भएका थिए । यसको विरोधमा प्रदर्शनमा उत्रिएका ३ जना सोमबार पक्राउ परेका हुन् । आइतबार पनि जिल्लाका विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

त्यहाँस्थित पत्रकार नारद कोहारका अनुसार सोमबार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी र विश्व हिन्दु परिषद नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन् ।

कपिलवस्तुका हिन्दू संगठनद्वारा आज आह्वान गरिएको बन्द र जिल्लामा देखिएको विषम परिस्थितिले कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहेका छन् भने परीक्षाहरु पनि स्थगित गरिएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले संयमतासाथ अघि बढनु पर्ने बेला समाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विज्ञप्ति जारी गर्दै असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नागरिकको जीवनलाई प्रत्यक्ष असर पुग्ने गरी बन्द हडताल, चक्काजाम जस्ता गतिविधि नगर्न आग्रह गरेको हो । साथै प्रशासनले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ ।

कपिलवस्तु घटनाका दोषी उपर कानुनी कारबाही प्रक्रिया सुरू भइसकेको र घटनाका घाइतेको उपचार भइरहेको बेला सामाजिक सञ्जालमार्फत बन्द गरिएको हल्लाप्रति प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

यता अन्तर धार्मिक सद्भाव संघ नेपालले कपिलवस्तुका महाराजगन्ज तथा बहादुरगन्ज लगायतका क्षेत्रमा हालै देखिएको धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष चन्दा थापाले सोमबार विज्ञप्ती जारी गर्दै सम्बन्धित पक्ष, स्थानीय समुदाय, सामाजिक अगुवा तथा सरोकारवाला सबैलाई संवाद र सहकार्यमार्फत समस्या समाधानतर्फ अघि बढ्न अनुरोध गर्दै स्थानीय प्रशासनलाई शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम चाल्न अनुरोध गरिएको छ ।


प्रकाशित : २०८२ चैत्र ९, सोमबार १५:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech