जीवन पाण्डे
तिलोत्तमा ५ मणिग्राम
यस पालिको निर्वाचन मतपरिणामले नेपालि समाजमा बहस र छलफल तिब्र भएको छ । विभिन्न कोण बाट निर्वाचनलाई व्याख्या विश्लेषण गरिदैछ । निर्वाचनको अहिलेको परिणामका विभिन्न कारण होला, तर हामीले बहस गर्नुपर्ने विषय पनि पराम्परागत घोषणा पत्र / प्रतिबद्धता पत्र बारे आम नागरिकले किन त्यति विश्वास गरेनन भन्ने पनि हो । निर्वाचनको समयमा आम नागरिकले आफ्ना पाटीको मात्र नभएर फरक फरक पाटीको घोषणा पत्र पढ्ने, छलफल गर्थ्ये, तर यो निर्वाचनमा त्यस्तो पाइएन । अघिल्ला निर्वाचनमा राजनीतिक दलहरूका सिद्धान्त, योजना र राष्ट्रिय एजेण्डा प्रति जनताको रुचि र चासो हुने गर्थ्यो ।
विजयी उमेदवार वा पार्टिले तिनका सिद्दान्तलाई मारगदर्शन बनाएर चुनावी घोषणापत्रमा लेखिएका वाचा पूरा गर्छन भन्ने कुरा जनताले विश्वास गर्थे ।पाटीका नेताकार्यकर्ता आफ्ना पाटीका घोषणापत्र बारे लामा-लामा छलफल भाषण गर्ने गर्थ्ये । तर यसपालि नेता तथा कार्यकर्ताहरुमा पनि त्यति उत्साह देखिएन । सायद विगतको इतिहास हेर्दा व्यवहारले के सिद्ध गर्यो भने चुनावी घोषणापत्रमा उल्लेखित बुदाहरु मध्ये अधिकास कार्यनयन नहुदा धेरैलाई यो औपचारिकता मात्रै हो र त्यसमा लेखिएको कुराको कुनै अर्थ हुँदैन अझ भनौ यो चुनाव जित्नका लागि र लेख्नकालागि मात्र लेखिएको शब्दहरु हुन् भन्ने भाष्य मनोवैज्ञानिक रुपमा सृजित गरेको पाइन्छ ।
यसले दलहरू र जितेर जाने जनप्रतिनिधिहरु प्रति जनताको विश्वास कमजोर हुदै गयो किनकि दलको कार्यदिशा तिनको निति विचार र सिद्दान्तले होइन, शीर्ष नेताको व्यक्तिगत चरित्रले सोच र चाहनाले निर्धारण हुन थाल्यो ।दलले विभिन्न बहानामा सिण्डिकेट निर्माण गरे, सासदहरुलाई कडा नीतिमा बाधेर व्यक्ति केन्द्रित भए । जस्तो राजनीतिक दल भन्दा पनि त्यस दलका शिर्ष नेताहरु जस्तै केपी शर्मा ओली नै एमाले हो, प्रचण्ड नै माओवादी वा नेकपा हो, शेर बहादुर देउवा भन्नु नै नेपाली कांग्रेस हो, यिनी तीन जनाले जे चाहन्छन्, नेतृत्व गरेका दलमा त्यही कार्यन्वयन हुन्छ र हुनुपर्छ भन्ने बुझाइ बढ्दै गयो र त्यस भन्दा बाहिर पटकै अन्य नेतृत्व, सासदहरु जान सकेन् किनकि सामन्य प्रश्नमा पनि कारबाही वा जिम्मेवारी मुक्त हुने खतरा थियो । यसले आम नागरिकमा नकारात्मक असर पर्न गयो । यसपालिको चुनावमा पुराना दलहरुले जनता सामु पुरानै शैली र एजेण्डा बोकेर पुगेको देखियो जुन समय संद्रभिक थिएन। जनता अहिले राजनैतिक दल र तिनका नेतृत्व भन्दा केहि कदम अगाडी पुगीसका थिए, उनीहरुले घोषणा पत्रलाइ यो भ्रम सृजनाको खेति हो भन्ने बुजिसकेका थिए ।
अर्को तर्फ पुरानै ब्यक्तिलाई लामो समयसम्म निरन्तरता, पुरानै अनुहार अगाडि लगाउदा र नया अनुहार र नया भिजन, एजेण्डा दिन नसक्दा जनता माझ नयाँ योजना, कार्य हुन्छ भन्नेमा विश्वास गुमेको देखियो। चुनावी प्रचार-प्रचारको शैली हेर्दा समाजमा नरुचाईएका, गलत प्रबृतिमा रमाएका पात्रहरुलाई नेताले बोकेर हिड्नु र चुनाव प्रचारको अग्रभागमा देखिनुले पनि मतदाता सकारात्मक नहुनुको अर्को मुख्य कारण बन्यो।दशकौ देखि एक्कोहोरो आदर्श तर कहिले कार्यनयन हुन नसकेको विचार र त्यसका नेताहरूको अनुहारसँग दिक्क भइसकेका र आसाका किरण आम नागरिकलाई उनीहरूको व्यावहारले अब पनि आकर्षण गरिरहनुपर्ने कुनै कारणले बहस र छालफललाई त्यति उत्साहित भएंन । यो निर्वाचन परिणामले युवा पुस्तामा नयाँ उत्साह थपेको देखिएको छ। युवाहरू अब बन्ने सरकारले चुनावी म्यान्डेट अनुसार देशलाई अगाडि बढाउनेमा आशावादी छन्।
विशेष गरी सुशासन, रोजगारी र जनअपेक्षा पूरा गर्नेमा युवाहरू विश्वस्त देखिएका छन् । तर त्यसले पनि आफ्नो वाचा पत्र अनुसार कतिको काम गर्छ, त्यो भने इतिहासले बताउने छ । आम नागरिकहरुले दल बाट ठुला – ठुला र लामा – लामा गफ भन्दा काम, डेलिभरी खोजिरहेका छन् , जुन राजनिति प्रगतिशील, परिवर्तनकारी ,समाज र देशको विकासमा केन्द्रित हुनुपर्छ। युवा सहित नागरिकहरूले राजनितिमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । यस निर्वाचनमा संसदका रुपमा युवाहरूको शक्तिशाली उपस्थिति देखिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ४० वर्षमुनिका ५४ जना युवाहरूले संसद्को यात्रा तय गरेका छन् ।
शिक्षित युवा वर्गको संसदमा ठुलो उपस्थिति रहेको छ। जसबाट देशले सुखद दिनहरुको प्राप्त गर्ने आशा गर्न सकिन्छ।अब ति संसदहरुले आफ्नो प्रतिबध्ता , पाटीको प्रतिबद्ता पत्र वा वाचापत्र अनुरुप कतिको काम गर्छन, आम नागरिकका मुद्दाहरुलाई कतिको उठान गर्छन वा पाटीको सिन्डिकेटमा फेरी दविएर बस्छन कि बस्दैनन् भन्ने कुराले आर्को पटकको चुनावमा बैचारिक बहसका निम्ति आधार तय गर्छ।
Gautam



प्रकाशित : २०८२ चैत्र १९, बिहीबार १०:२१















