


प्रकाशित : २०८२ चैत्र २०, शुक्रबार १७:४१
साना किसान कृषि सहकारी संस्था मोतिपुरको आयोजना तथा एन्जल फाउन्डेशन शाखा कार्यालय गोरुसिंगेको प्राविधिक सहयोगमा विभिन्न रोगहरूको निदान, बच्ने उपाय तथा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।
समाज कल्याण परिषद् नेपालबाट स्वीकृति प्राप्त “स्वस्थ नेपाल” अभियानअन्तर्गत विभिन्न स्वास्थ्य सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको फाउन्डेशनले गाउँ बस्तीमा देखिएका गोप्य रोगसम्बन्धी समस्याहरूको पहिचान गरी शिविरमार्फत सेवा प्रदान गर्ने जनाएको छ।

फाउन्डेशनका महाप्रबन्धक सन्तोष कार्कीका अनुसार समुदायस्तरमा गुप्तरोगसम्बन्धी स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो। उनले रोगको प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार गर्न सके दीर्घ रोग तथा सम्भावित जटिलताबाट बच्न सकिने बताए।
संस्थाका अनुसार हालसम्म ३०३ वटा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन भइसकेका छन्। कार्यक्रममा स्वास्थ्यकर्मी ओम प्रकाश कोईरालाले नेपालमा नसर्ने रोग, मानसिक तनाव, मद्यपान तथा अस्वस्थ जीवनशैलीका कारण स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गरे।
उक्त कार्यक्रममा साना किसानका करिब १ सय शेयर सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिँदै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संस्थाका प्रबन्धक शालिकराम पौडेलले शेयर सदस्यहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले फाउन्डेशनसँग सहकार्य गरी यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।


















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
