काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोसीमा बाढी नआएको स्पष्ट गरेका छन्।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य मात्रै वर्षा भएको थियो। त्यसक्षेत्रमा सात मिलिमिटरभन्दा बढी वर्षा नभएको अर्यालले बताए।
उनले हिमताल फुटेको कारण बाढी आएको आशङ्का गरे। सबै तहसनहस हुनेगरी कसरी बाढी आयो अनुसन्धान गरिने जानकारी पनि उनले दिए।




















